• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सिञ्जा क्षेत्रका तीन पालिकामा आँखा उपचार केन्द्र सञ्चालन

  •  आइतबार, भदौ १९, २०७९ मा प्रकाशित

जुम्ला । जुम्लाको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यहाँका नागरिक उपचारका लागि जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँ र देशका ठूला सहरमा पुग्नुपर्ने बाध्यता थियो । अहिले जिल्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएपछि उपचारमा केही सहज भएको स्थानीय बासिन्दा बताउँछन् ।

आँखाको उपचारका लागि यहाँका स्थानीय तहमा आँखा उपचार केन्द्र पनि थपिँदै गएका छन् । सिञ्जामा रहेका हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका सरमुकाम खलङ्गादेखि निकै टाढा पनि छन् । हिमा गाउँपालिकालाई हिमालय आँखा अस्पतालले स्वास्थ्य सामग्री सहयोग तथा पालिकाको प्राविधिक सहयोगमा सेवा सञ्चालन गरेको छ । आँखा उपचार केन्द्रका लागि चाहिने मेशिनलगायत सबै सामग्री हिमालय आँखा अस्पताल पोखराले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

पालिकास्तरीय आँखा उपचार केन्द्र सञ्चालनका लागि चिकित्सकको व्यवस्थापन पालिकाले गर्नेछ । धुलो र धुँवाका कारण गाउँमा आँखाका बिरामी वर्षेनी बढ्दै गर्छन् । “शिविर सञ्चालन गर्दा भीड हुने, टाढा गएर उपचार गराउन आर्थिक रुपले नभ्याउने हुँदा नागरिकको राहतका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो”, अध्यक्ष शाहीले बताउनुभयो ।

कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हाँडसिञ्जा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले जानकारी दिनुभयो । सिञ्जा गाउँपालिकाले पनि नराकोटमा गतवर्षदेखि आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ । सो गाउँपालिकाले पनि नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचारसम्बन्धी दक्ष एक जना नायब सुब्बास्तरको कर्मचारी व्यवस्थापन गरेको छ । नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी बिरामी भएका व्यक्तिलाई राहत पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । रासस

आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.