• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्तरोवृत्ति गरी सिमरामा करिब २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण हुंँदै

  •  शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा करिब २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । हालमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गर्दै ११ कठ्ठा जग्गामा १५ शय्याको अस्पताल बन्न लागेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

उपमहानगरपालिको नगर प्रमुख राजन पौडेलले आफूले गर्नुपर्ने कार्यको पहिलो सूचीमा नै मानिसको जीवन मरणसँग प्रत्यक्ष रुपमा सम्बन्धित अति आवश्यक अस्पताललाई दिएको बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको टिम अस्पताल निर्माण कार्यलाई गम्भीरतापूर्वक लिएर लागिपरेका कारण निर्धारित समय भन्दा अगाडि नै अस्पताल निर्माण कार्यलाई पूर्णता दिने नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

अस्पताल निर्माणको लागि उपमहानगरपालिकाले आवश्यक डि.पि.आर समेत तयार पारिसकेको छ । अस्पताल निर्माण गर्न एच.टि. सि. कन्स्ट्रक्ट बुधनगर काठमाडौँलाई २० करोड ५५ लाख ३७ हजार ३ सय २८ रुपैयाँमा ठेक्का दिएको छ । दुई बर्ष भित्र निर्माण गरिसक्नु पर्ने लक्ष्य राखिएको १५ शय्याको अस्पतालको निर्माण गर्न ४ तल्लाको भवन निर्माण हुने सिभिल इन्जिनियर अभय झाले जानकारी दिनुभयो ।

पहिलो तल्लामा ओ.पि.डि., इमरजेन्सी, प्याथोलोजी सेवा प्रदान गरिन्छ भने पहिलो तल्लामा प्रसूति गृह, दोस्रो तल्लामा बिरामी भर्ना र अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक र बैठक कक्ष सञ्चालन हुने इन्जिनियर झाले बताउनुभयो ।

अस्पतालमा क्यान्टिन, गाडी पार्किङ, पार्क, फोहर व्यवस्थापन र शव दहन गृह निर्माण गर्ने अस्पतालको डि.पि.आरमा रहेको छ । अस्पतालका लागि आवश्यक विशेषज्ञ सहितको जनशक्ति करारमा परिपूर्तिको लागि उपमहानगरपालिकाले सूचना आव्हान गर्ने गृहकार्यमा लागेको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रबी भाष्करले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा सरकारी तवरबाट सञ्चालित एउटा पनि अस्पताल नहुँदा नगरवासी उपचार गराउन वीरगंज, हेटौडा, चितवन, काठमाडौँ लगायतको ठाउँमा जानुपर्ने बाध्यता छ ।

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.