माडी । वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपालको ४९ औं जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरिएको छ । माडी नगरपालिका वडा नम्बर ६ बेलटांँडीस्थित आनन्द विश्राम चौतारीमा आश्रित ५० जना बृद्धबृद्धालाई सोमबार निःशुल्क परीक्षण गरिएको हो ।
पछिल्लो समय जन्मदिनमा हुने फजुल खर्चलाई कम गर्दै समाजमा सकारात्मक सन्देश जाने हेतुले निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उनले बताए । सो अवसरमा बृद्धबृदालाई निशुल्क औषधि पनि वितरण गरिएको थियो ।
आउंँदा जन्मदिनमा पनि स्वास्थ्य सेवाबाट वञ्चित त्यस्ता नागरिकलाई टेवा पुग्ने गरी ग्रामीण क्षेत्रमै पुगेर यस्ता सेवालाई निरन्तरता दिने नेपालको भनाई छ । सो अवसरमा बृद्धबृद्धालाई भोजन र मिष्ठान्न वितरण पनि गरिएको थियो । पौडेल दुईदशकदेखि माडीमा रहेर स्वास्थ्य सेवामा सक्रिय रहंँदै आएका छन ।
उक्त कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्र पौडेल रहेका थिए ।
