• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तमानखोला गाउँपालिकामा स्वास्थ्यको सहज पहुँच

  •  मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित

बागलुङ, भदौ २८ ९रासस०ः बागलुङको सबैभन्दा दुर्गम मानिन्छ तमानखोला । भौगालिक हिसाबले निकै विकट मानिने तमानखोला गाउँपालिकामा पाँच वर्ष अगाडि तीन वटा मात्रै स्वास्थ्य चौकी भए पनि त्यहाँ सामान्य औषधि पाउन पनि मुस्किल हुन्थ्यो । स्थानीयवासी बिरामी पर्दा स्वास्थ्य संस्थाभन्दा धामी झाँक्रीकोमा पुग्थे । अस्पताल जानै परे घण्टौको यात्रा गरेर बुर्तिबाङसम्म झर्ने गर्थे ।

अहिले गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था छन् । छ वटा वडा रहेको तमानखोलाको तीन स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ र तीन स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा छन् । स्थानीयवासी पनि धामी झाँक्री खोज्न छोडेर स्वास्थ्य संस्थामै पुग्न थालेका छन् । अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेकाले स्थानीयवासीसमेत खुसी भएका छन् ।

“हाम्रो पालामा बिरामी परे धामी झाँक्री खोज्ने गरिन्थ्र्योे, अहिलेको जस्तो अस्पतालहरु थिएन, गाउँमा कोही ठूलै बिमारी प¥यो भने डोकोमा बोकेर अस्पताल लग्थे, अहिले गाउँमै अस्पताल बनेको छ”, स्थानीय चन्द्रमाला विकले भन्नुभयो, “ज्वरो आयो भने वा काँसो लाग्यो भने उत्तिबेलै औषधि पाइहालिन्छ, अहिले त धेरै सुविधा भएको छ, धामी झाँक्री खोज्न पर्दैन ।”

साविकका तमान, बोङ्गादोभान र खुङ्खानी गाविस मिलेर बनेको तमानखोलामा पहिले तीन स्वास्थ्य चौकी भए पनि स्थानीयवासीले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । वडा–वडामा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको चन्द्रमालाले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा ज्वरोको लागि पनि घण्टौँ लगाएर डोकोमा बोकेरै बुर्तिबाङ पु¥याउन लाग्दा कतिपयको बाटेमै मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

“अहिले कोही सिकिस्त बिरामी भयो भने नजिकको अस्पतालमा जाँच हुन्छ, यहाँ नभए अर्को अस्पतालमा लैजान भनिहाल्छन्, उति बेला त गाउँमा कोही बिरामी भए भने सिकिस्त नहुँदासम्म घरमै सुत्ने, सिकिस्त भएपछि डोकोमा बोकेर अस्पतलामा पु¥याउँने गथ्र्यौँ । त्यसरी अस्पताल लग्दै गर्दा कतिको बाटोमै मृत्यु भयो, कोही निको भएर आए” चन्द्रमालाले भन्नुभयो, “अब त्यस्तो समस्या गाउँलेले भोग्न पर्दैन होला, त्यस्तो दिन आउँदैन होला ।”

वडा नं ५ का मीनबहादुर सिर्पालीले गाउँमा स्वास्थ्य संस्था खुलेपछि आफूलाई उपचार गर्न निकै सहज भएको बताउनुभयो । उहाँले सामान्य चोटपटक लाग्यो भने उपचारका लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान जानुपर्ने समस्या हटेको र नजिकमा अस्पताल नहुँदा वर्षौँ दुःख पाए पनि अहिले सहज भएको बताउनुहुन्छ ।

“दुर्गम गाउँमा छौँ, बिरामी परे पनि टाढा जानुपथ्र्यो, केही वर्ष भयो, अहिले गाउँमै उपचार गर्न पाएका छौँ, यसले यहाँका सयौँ जनतालाई सुविधा दिएको छ, पहिले त सानो घाउ भयो भने, चोटपटक लाग्यो भने बोङ्गादोभान जान पथ्र्यो, अहिले गाउँमै उपचार हुन्छ”, सिर्पालीले भन्नुभयो, “गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यान गुमाए, अहिले त बिरामी हुनेवित्तिकै स्वास्थ्य चौकी पुगिहाल्छन् र यहाँ उपचार हुन सकेन भने ठूलो अस्पतालमा गएर उपचार गराउँछौँ ।”

पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले आधा घण्टामै आउन सक्छन् । गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ भने वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।
गाउँपालिका हुनुभन्दा पहिले वडा नम्बर १ को बोङ्गादोभान, वडा नम्बर ३ को तमान र वडा नम्बर ५ को खुङ्खानीमा मात्रै स्वास्थ्य चौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य एकाइ र प्राथमिक स्वास्थ्य एकाइ स्थापना नगर्दासम्म तमानखोलावासीले यी तीन स्वास्थ्य चौकीबाट मात्रै सेवा लिनुपर्ने अवस्था थियो ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले आफूले पहिलो कार्यकालको सुरुदेखि नै स्वास्थ्य र शिक्षामा प्राथमिकता दिएको भन्दै अहिले विस्तारै सुधारोन्मुख अवस्थामा रहेको बताउनुभयो । उहाँले दुर्गमको गाउँपालिका भएको हुँदा नागरिकलाई शिक्षित र स्वस्थ राख्नका लागि ती क्षेत्रमा बढी लगानी गरिएकाले अहिले यी क्षेत्रमा सुधार हुँदै गएको बताउनुभयो ।

“हाम्रो पालिका भौगोलिक रुपले निकै पछाडि परेकाले यहाँको स्वास्थ्य र शिक्षाको अवस्था पनि निकै कमजोर थियो, हामी आएपछि केही सुधार भएका छन्, अझै सुधार हुँदै जाने प्रक्रियामा छन्”, अध्यक्ष बुढामगरले भन्नुभयो “नागरिकको चेतनास्तरको वृद्धि र उनीहरुलाई स्वस्थ राख्ने हाम्रो दायित्व भएको हुँदा अहिले सबै वडामा स्वास्थ्य संस्था स्थापना भएका छन्, कोही पनि नागरिकले आधा घण्टाभन्दा बढी हिँडेर उपचार गर्नुपर्ने छैन । धेरैलाई पायक पर्ने ठाउँमै स्वास्थ्य संस्था सञ्चालन गरेका छौँ ।”

उहाँले आमनागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको भन्दै अब कोही पनि सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष बुढामगरले आफू आउनु अघिको अवस्था स्मरण गर्दै अब कुनै पनि नागरिकले उपचार नपाएर मृत्युको मुखमा पुग्न नपर्ने बताउनुभयो ।

“अब कोही पनि नागरिक स्वास्थ्य उपचार नपाएर मर्नुपर्दैन, गाउँ–गाउँमा स्वास्थ्य संस्था छन्, त्यहाँ उपचार हुन नसके स्वास्थ्य चौकी छन्, त्यहाँ पनि उपचार हुन नसके बल्ल ठूलो अस्पतालमा जानुपर्छ । पहिलेको जस्तो समान्य उपचारका लागि दिनभरी लागएर बुर्तिबाङ जानुपर्ने अवस्था अब हट्यो”, उहाँले भन्नुभयो, “हामीले पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान कसरी प्रदान गर्न सकिन्छ भनेर थप योजना पनि बनाइ रहेका छौँ ।” गाउँपालिकामा पाँच श्ययाको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण हुने भएको छ । त्यसका लागि जग्गा व्यवस्थापन भइरहेको अध्यक्ष बुढा मगरको भनाइ थियो । रासस

मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.