• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • २ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ४ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ४ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २१ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २१ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २२ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २३ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. मीना सुनारको उद्धार

  • ३. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

  •  बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

दोधारा चाँदनी । कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर परीक्षण गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

बुधबार महाकाली अस्पतालमा उपचारका लागि पुगेका सन्तोष पन्तले अस्पतालमा परीक्षण गर्ने किट नहुँदा निजी प्रयोगशालामा महँगो शुल्कमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गराएको बताउनुभयो । “हिजो राति म अस्पताल आएको हूँ, यहाँ परीक्षण गर्न किट नभएपछि मैले निजी प्रयोगशालामा परीक्षण गरेँ”, उहाँले भन्नुभयो, “निजी प्रयोगशालामा डेङ्गुको परीक्षणको एक हजार दुई सय रू स्क्रबटाइफसको रु एक हजार तिरेँ ।”

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव रहेको बताउनुभयो । उहाँले अस्पतालमा दैनिक ३०÷४० जना लक्षण भएका बिरामी आउने गरेको बताउनुभयो । “बिरामीको सङ्ख्या बढेको छ तर किट छैन, हामीसँग भएको किट पुग्दैन”, उहाँले भन्नुभयो, “महाकाली अस्पताललाई दैनिक ४० वटासम्म किट आवश्यक परेको छ ।” महाकाली अस्पतालमा भदौमा मात्रै ३६ जनामा डेङ्गु र ३२ जनामा स्क्रब टाईफस सङ्क्रमण देखिएको छ । हाल डेङ्गुका सात र स्कब्रटाइफसका तीन जना बीरामी उपचाररत छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताउनुभयो । “जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ हामीसँग पर्याप्त किट छैन”, उहाँले भन्नुभयो, “प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई किट उपलब्ध गराउन पत्राचार गरेका छौँ ।”

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार भदौमा मात्रै कञ्चनपुरमा ३२ जनामा डेङ्गु र २० जनामा स्क्रबटाइफस देखिएको छ । जिल्लामा सबैभन्दा बढी दोधारा चाँदनी नगरपालिकामा १९ जनामा डेङ्गु र पाँच जनामा स्क्रबटाइफस देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार वेदकोट नगरपालिकामा एक, कृष्णपुरमा नगरपालिकामा तीन जना, बेलौरी नगरपालिकामा दुई, भीमदत्त नगरपालिकामा तीन र लालझाडी तथा बेल्डाडी गाउँपालिकामा चार जनामा डेङ्गु देखिएको हो ।

“कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ, यसबाट सबैले सुरक्षित हुन जरुरी छ”, उहाँले भन्नुुभयो, “अहिले भारत र काठमाडौँबाट आएकाहरुमा बढी जसो डेङ्गु देखिन थालेको छ ।” उहाँले कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामी दिनहुँ बढ्दै गएको बताउनुभयो ।

उहाँले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने भएकाले बर्सातमा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेको लार्भा बस्ने र यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्ने बताउनुभयो ।

“यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन”, उहाँले भन्नुभयो, “यसबाट बच्न विषादी छर्किर्ने र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ ।” जिल्लामा सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालयले प्रत्येक नगरपालिकामा स्वयंसेविका परिचालन गरी लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्ने तयारीमा छ । रासस

बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.