• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

आयुुर्वेदिक उपचारमा बढ्दो आकर्षण

  •  शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित

कावासोती । कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिनुभयो । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।

ग्यास्ट्रिकको समस्याले आजित हुनुभएका कावासोती–७ का रवीन्द्र शर्माले पटक–पटक अस्पताल धाएर एलोप्याथिक औषधि प्रयोग गर्दा पनि निको नभएपछि दिक्क भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गएपछि त्यहाँको उपचारले निको भएको बताउनुभयो । त्यस्तै विनयी त्रिवेणी–२ का जय गौतम पायल्सको समस्याले पीडित हुनुहुन्थ्यो । एलोपेथिक उपचारबाट रोकथाममात्रै हुने र शल्यक्रिया गर्नुपर्छ भनेपछि उहाँ आयुर्वेदिक उपचारतर्फ लाग्नुभयो । शल्यक्रिया नगरी रोग निको भएपछि अहिले उहाँ अरुलाई पनि आयुर्वेदिक उपचार गर्न सल्लाह दिनुहुन्छ ।

पूर्वी नवलपरासीमा सरकारीस्तरमा आयुर्वेद अस्पताल भएको धेरैलाई थाहा छैन । विसं २०५२ मा सरकारले अरुणखोलामा आयुर्वेद औषधालय स्थापना गरेपछि स्थानीय बासिन्दालाई राहत भयो, तर प्रचार–प्रसार अभावमा यस क्षेत्रको विकासमा चासो भएन । संविधान जारी भएसँगै अहिले यो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका रूपमा स्तोरन्नति भएको हो । पूर्वी नवलपरासीमा छवटा आयुर्वेद औषधालय र दुईवटा नागरिक आरोग्य सेवा केन्द्र छन् ।

दीर्घकालीन रोग र ‘साइड इफेक्ट’रहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङकानुसार आर्थिक वर्ष २०७५÷७६ मा ३३ हजार छ सय ६७, आव २०७६÷७७ मा ३४ हजार पाँच सय ५७, आव २०७७÷७८ मा ५१ हजार सात सय ३४ र आव २०७८÷७९ मा ५४ हजार दुई सय ३४ बिरामीले विभिन्न किसिमका सेवा लिएका छन् ।

केन्द्रका सूचना अधिकारी शर्माका अनुसार बाथ, अमलपित्त (ग्यास्ट्रिक), छाला रोग, पायल्स तथा रगतसम्बन्धी विकारका सम्मस्या भएका बिरामी धेरै आउने गरेका छन् ।

सरकारी तवरबाट जिल्लामा सञ्चालित आयुर्वेद औषधालयमा त्रिफला चूर्ण, अविपत्तिकर चूर्ण, सेतोपलादी चूर्ण, हिङवास्टक चूर्ण, बिल्वादी चूर्ण, निम्बादी चूर्ण, पुष्यानुग चूर्ण, योगराज गुगुल, कैशोर गुगुल, महाशङ्ख वुटी, षड्बिन्दु तेल, अर्श कुठार रस÷अर्शोघ्नी वटी, खदिरादी बुटी, सर्पगन्धाघन बुटी, महानारायण तेल, महासुदर्शन चूर्ण, गन्धक रसायन, जात्यादी तेल, टङ्कण भष्म, पञ्चसकार चूर्ण, चन्द्र प्रभा बुटी, बालामृत, मृगमदासव, शताबरी चूर्ण, आश्वगन्धा चूर्ण, आमलकी चूर्ण, दशमूल तेल नाम गरेका २७ प्रकारका औषधि निःशुल्क पाइने सूचना अधिकारी शर्माले बताउनुभयो । केन्द्र आफैँले प्रयोगशाला स्थापना गरेर ४२ प्रकारभन्दा बढी रगतसम्बन्धी परीक्षणसमेत निःशुल्क गर्ने गरेको शर्माले बताउनुभयो ।

सरकारी आयुर्वेद औषधालयबाहेक जिल्लामा निजी क्षेत्रका आयुर्वेद औषधालय पनि सञ्चालानमा आएका छन् । केही वर्षअघिसम्म पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीलगायतका मुख्य बजारमा गन्न सकिने आयुर्वेदिक औषधि पसल दुई–चारवटा थिए । अहिले हरेक मुख्य बजारमा गरेर दुई दर्जन बढी आर्युवेदिक औषधालय रहेको र उनीहरूबाट गुणस्तरीय सेवा लिन सकिने आयुर्वेद औषधि व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष गणेश आर्चायले बताउनुभयो । रासस

शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.