• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ५ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ६ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १० घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १० घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ११ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ११ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज

  •  मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

पोखरिया । अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ ।

स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए पनि उनीहरुलाई यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा आर्थिक समस्यामा परेका छन् । सेवा नै धर्म हो भनेर गाउँघरमा स्वास्थ्य सेवा विस्तारको अभियानमा जुट्ने गरेको उनीहरु बताउँछन् ।

सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । उनीहरूले जनताको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारीरूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको प्रमाणित हुँदै आए पनि स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा भने नगन्य रहेको र यसका लागि सम्बन्धित पक्षले ध्यान नदिएको गुनासो उनीहरुको छ ।

पर्सा गर्दौलकी स्वास्थ्य स्वयंसेविका शिला देवीले गाउँगाउँ टोलटोल बिहानदेखि नै घुम्नुपर्ने, घामपानी, जाडो, वर्षा केही नहेरी महिला तथा बालबालिकालाई भिटामिनदेखि गर्भवती महिलालाई चाहिने पोषणतत्व खानेकुरा तथा उक्त अवस्थामा आवश्यक पर्ने परामर्श उपलब्ध गराउँदै आउनुभएको छ । उहाँलाई घरको कामधन्दा भन्दा पनि जनताको सेवा गर्नमा नै फुर्सद छैन । अहोरात्र जनताको स्वास्थ्य सेवामा लाग्दा पनि आफूहरुको माग सम्बोधन गर्नेतर्फ तीनै तहका सरकारले चासो नराखेको भन्दै उहाँले दुःखेसो गर्नुभयो ।

समुदाय र देशको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काममा आफूहरुले गरिरहेको भए पनि यसलाई कतिपयले नकारात्मक हिसाबले लिने महिला स्वास्थ्य स्वयंसेविका बताउँछन् । “बिहानदेखि नै घरघरमा पुगेर साँझ अबेरसम्म निःस्वार्थ सेवा दिन्छौँ । गर्भवती, बालबालिका र बिरामी व्यक्तिलाई औषधि पनि बाड्छौँ । सल्लाह सुझाव पनि दिन्छौँ । तै पनि हामीप्रति हेर्ने दृष्टिकोण किन राम्रो छैन रु” शिला देवीले भन्नुभयो, “यति गर्दागर्दै पनि समाजका व्यक्तिको विभिन्न किसिमको नकारात्मक भनाइ पनि खेप्छौँ ।”

तराई मधेसमा महिलालाई घरबाट बाहिर निस्केर यस्ता सेवामूलक कार्य संलग्न हुन त्यति सजिलो छैन । बिना पारिश्रमिक सामाजिक कार्यमा निरन्तर लागिरहन कठिनाइ भएको उनीहरुको भनाइ छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाका लागि मासिक रु एक हजार पाँच सय भत्ता दिए पनि त्यसले दिनहुँ आवतजावत गर्न भाडा नै नपुग्ने उनीहरुको गुनासो छ । “कम्तीमा साइकलको व्यवस्था भए पनि केही राहत हुने थियो”, शिलादेवीले भन्नुभयो ।

विभिन्न लाञ्छना, आरोप खेपेर भए पनि दुई दशकदेखि स्वास्थ्य स्वयं्सेविकाको रुपमा काम गर्दै आउनुभएकी रौतहटकी स्वास्थ्य स्वयंसेविका ललितादेवीको गुनासो पनि उस्तै छ । ग्रामीण र विकट क्षेत्रमा दैनिक घण्टौँसम्म पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवा सुविधाको अभावमा निरासा जाग्न थालेको र अन्य महिलालाई यसतर्फ लाग्न सल्लाह दिन नसकिएको उहाँको भनाइ छ ।

झण्डै २० वर्षदेखि निरन्तर यो सेवामा लागेकी पर्सा विन्दवासिनीकी तेतरी देवी सुरुमा यसमा लाग्दा रु ४० भत्ता पाएको बताउनुहुन्छ । समयअनुसार यो भत्ता व्यावहारिक नभएको बताउँदै उहाँ भन्नुहुन्छ, “कम्तीमा आफ्ना बालबालिकाको लागि खुवाउन र पढाउन पुग्ने खर्च त दिइयोस् ।” यही सेवामा लागेपछि समाजले आफूलाई विभिन्न लाञ्छना लगाए पनि आफू विचलित नभई जनताको सेवामा लागि परेको उहाँ बताउनुहुन्छ ।

राजनीतिक पार्टीहरु र नेताहरुले आफूहरुलाई सधैँ भोटको रुपमा मात्रै प्रयोग गरेको बताउँदै पर्साकी स्वास्थ्य स्वयंसेविका लालसा देवीले भन्नुभयो, “चुनावका बेला जोसुकै जनप्रतिनिधिले पनि आफूहरुलाई लक्षित गरी तलब भत्ता वृद्धिबारे प्रतिबद्धता जनाउने गर्छन् तर चुनाव जितेपछि हाम्रो मुद्दा र आफ्नो बाचा बिर्सिने गरेका छन् ।” उहाँ आफूहरुकै योगदानका कारण आज धेरै मानिससम्म स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ र मातृ तथा शिशु मृत्युदर उल्लेख्य मात्रामा घटेको भए पनि त्यसको मूल्याङ्कन नभएकामा उहाँ दुखित हुनुहुन्छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको योगदानअनुसार उचित सेवा सुविधा दिन नसकिएकोे स्वीकार गर्दै रौतहटको परोहा नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका सङ्घ मधेस प्रदेशका सभापति शेख वकिलले भन्नुभयो, “उनीहरुको कार्य र मेहनतका अनुसार भत्ता उपलब्ध गराउने बारेमा छिट्टै पालिकामा छलफल गराई केही व्यवस्था गर्नेछु । प्रदेश र सङ्घीय सरकारलाई पनि यसबारेमा आवश्यक निर्णय गर्न अनुरोध गरिनेछ ।” हाल देशभरि ५० हजारभन्दा बढी स्वास्थ्य स्वयं्सेविका सेवामा आबद्ध छन् । रासस

मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.