• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ६ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ७ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ११ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ११ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ११ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ११ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा

  •  आइतबार, असोज १६, २०७९ मा प्रकाशित

यहाँको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ ।

निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो । हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्याङ्कमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात सय ज्येष्ठ नागरिकलाई कार्यक्रममा समेटिने जनाइएको छ ।

“ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छौँ, सबै वडाका तीन हजार सात सयको बीमा गर्ने योजना बनाएका हौँ”, गाउँपालिकाका प्रमुख दिनेश लामाले भन्नुभयो । लामाका अनुसार गाउँपालिकाको ६० वर्षमाथि उमेर समूहका वृद्धवृद्धाको निःशुल्क बीमा गर्न थालिएको हो । लामाले भन्नुभयो, “चुनावमा गरिएको प्रतिबद्धताअनुसार नै वृद्धवृद्धाको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेका हौँ ।”

बीमा कार्यक्रमअन्तर्गत एक ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्दा परिवारका चार जनाको बीमा हुने अभिकर्ता चेतबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घरघरमै पुगेर गाउँपालिकाको अभिकर्ताले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्नेछन् ।

तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्दा १८ हजार पाँच सय स्थानीयवासीको बीमा हुने जनाइएको छ । स्वास्थ्य बीमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनीकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत आकस्मिक सेवा, बहिरङ, अन्तरङ, एचआइभी, हेपटाइटिस, कुष्ठरोग, क्यान्सरलगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनीकरण गर्न स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ ।

रोशी गाउँपालिकमा छ हजार ३९ परिवारमा २३ हजार पाँच सय ५१ जना रहेका छन् । निःशुल्क बीमा कार्यक्रमले ज्येष्ठ नागरिकसहित गाउँपालिकाको कूल जनसङ्ख्याको ७८ दशमलव ५५ प्रतिशतलाई समेट्नेछ । यसअघि गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरी प्रदान गर्दै आएको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस्् भन्ने उद्देश्यले गम्भीर प्रकृतिअन्तर्गत मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको हो ।
रासस

आइतबार, असोज १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.