आर्थोस्कोपी सर्जरी ( Arthroscopy Surgery )
आर्थोस्कोपी सर्जरी ( Arthroscopy Surgery ) हाडजोर्नी विषयको एक विशिष्टकृत (Super Speciality ) विद्या हो । दुरबीनजस्तो उपकरणले जोर्नीको परीक्षण Diagnosis) तथा उपचार ( Treatment) गर्नु ( Arthroscopy Surgery ) भनिन्छ । यस उपकरणको मदतले जोर्नी वरिपरी सानो घाउबाट अपे्रसन गर्न सकिन्छ साथै आँखाले देख्न नसकिने (Details) देखिन्छ ,जसले गर्दा विरामीको शीघ्र Recovery ) सजिलो हुन्छ र सूक्ष्म रोगहरु पत्ता लगाउन र उपचार गर्न सकिन्छ । ( Arthroscopy ) को मद्दतले हरेक जोर्नीको जाँच पड्ताल गर्न सकिन्छ तर सबैभन्दा बढी घँुडाको जोर्नीको उपचारमा र त्यसपछि कुमको जोर्नीको उपचारमा प्रयोग भइरहेको छ ।
नेपालमा हाडजोर्नी विषयको विकास र पहिचान भएको धेरै भएको छैन । मेडिकल कलेजहरुको स्थापना पछि नै हाडजोर्नी विषयले आफ्नो अलग मेडिकल पहिचान बनाउन सकेको हो । प्राय: सरकारी अस्पतालमा सामान्य चिरफार (General Surgery )विभागबाट नै हाडजोर्नीको सामान्य उपचार गर्ने गरिन्थ्यो । नेपालमा ( Arthroscopy Surgery ) को विषयमा केही तालिम प्राप्त हाडजोर्नी विशेषज्ञले मात्र गर्दछन् । आजभोल धेरै अस्पताल वा मेडिकल कलेजहरुमा यो सुविधा उपलब्ध छन् ।
हालै मात्र नेपालमा अर्थोपेडिक एसोसियसनको मातहतमा ( Arthroscopy Association) को स्थापना भएको छ । यसले ( Arthroscopy Surgery ) को विकास गर्दै सेवा बढाउँदै लग्ने साथै यस विषयमा इच्छुक हाडजोर्नी विशेषज्ञलाई थप ज्ञान र तालिम दिने उदेश्य लिएको छ । विश्वभरमा ( Arthroscopy Surgery ) को विकास निकै दु्रत गतिले भएको छ । नेपालमा यस सम्बन्धी उपकरणहरु महङ्गो हुनाले पनि भने जसो प्रगति हुन सकेको छैन । जनमानसमा पनि यस उपचार पद्धतिबारे ज्ञान ( Consciousness ) भएको पाइँदैन ।
विकसित देशमा ( Arthroscopy Surgery ) सम्बन्धी निकै अनुसन्धान भएर ( Minimly Invasive Surgery ) को रुपमा विकसित भइरहेको छ । घुँडा, कुम,दुइटा नाडी तथा गोलीगाठोको चोटपटक र ( Arthroscopy Surgery ) सानो घाउको मदतले उपचार गरेर सकेसम्म छिटो काममा र खेलकुदमा फर्कन सक्ने हुनाले निकै प्रचलित छ । हाडजोर्नी विशेषज्ञहरु ( Arthroscopy Surgery ) मा मात्र केन्द्रित भएर सेवा दिनेहरुको संख्या पछिल्लो समय बढ्दो छ ।
यस उपचार प्रणालीमा उपकरण र ( Implant )को प्रयोग बढी हुने भएकोले स्वास्थ्य सेवा दिने संस्थाले थप लगानी गर्नु पर्ने हुन सक्छ साथै विरामीलाई पनि केही थप आर्थिकभार पर्न सक्छ तर सानो घाउबाट विरामीमा आहुने सन्तुष्टि र ( Recovery Stage ) मा उपचारको बसाइ ( Hospital Stay ) कम भएर आर्थिकभार कम पर्न जान सक्छ ।
यो विद्याको सेवा काठमाडौं बाट सुरु भएसंगै चितवनको कुरा गर्दा यो उपचार पद्धतिको सेवा सुरुवात पहिलो पटक पुरानो मेडिकल कलेज ( CMS ) बाट करिब एक दशक अघि बाट थालनी गरिएको थियो । हाल दुई मेडिकल कलेज, भरतपुर अस्पताल सहित धेरै निजी अस्पताहरुमा पनि यो खाले सेवा नियमित भैरहेको छ । सवारी दुर्घटनाका विरामी चोटपटक बाट आर्थोस्कोपी सर्जरी ( Ligament ) चुँडिएका विरामीहरुले काठमाडौं र चितवन लगाएत बाहिरका शहरहरुमा विशेषज्ञ सेवा लिन पाइ रहनुभएको छ । यो खुसीको कुरा पनि हो ।
लेखक प्रा.डा. अर्जुन श्रेष्ठ करिब २७ वर्ष देखि स्वास्थ्य सेवा र शिक्षाको विद्यागत विकासमा निरन्तर लागि रहनुभएको छ । डा. श्रेष्ठ हाल चितवनमा रहेको एन.पि.आइ.नारायणी सामुदायिक हस्पिटल लि.तथा मनकामना अस्पताल प्रा.लि.भरतपुरमा विभागीय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
