काठमाडौं । विश्व दृष्टि दिवस २०२२ को अवसरमा शुभेक्षा ईन्टरनेशनल हस्पिटल, सितापाईला द्धारा निःशुल्क आंँखा शिविर गरिएको छ ।
‘आँखा लाई माया गरौं’ अर्थात ‘लभ योर आई’ भन्ने मुल नाराका साथ बिहिबार हस्पिटलमा निःशुल्क आंँखा शिविर राखिएको हो । हस्पिटलमा बिहान १० बजे देखि दिउँसो २ बजे सम्म संचालन गरिएको उक्त शिविरमा बालक देखि वृद्ध सम्मले यो सेवा लिएका थिए । शिविरमा आंँखा जांँच गर्ने विरामीको उल्लेखनीय उपस्थिति रहेको हस्पिटलले जानकारी दिएको छ । आंँखाको स्वास्थ्य र सुरक्षामा जनचेतना, सरसफाई तथा हेरचाह गर्न केही समय छुट्याउनु पर्छ भन्ने हेतुले र यस सेवा बाट कोहि पनि बन्चित हुन नपरोस् भन्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको हो ।
हरेक बर्ष असोज २७ गते अर्थात् १३ अक्टोबरमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै दृष्टि दिवस मनाईदै आईएको छ । यो दिवसको अवसर पारेर हस्पिटलमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।
