• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • १ मिनेट 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ३ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ५ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ५ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २२ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २२ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २३ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १ दिन 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. मीना सुनारको उद्धार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा

  •  शनिबार, असोज २९, २०७९ मा प्रकाशित

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीयास्थीत स्वास्थ्य चौकीमा २४ घण्टे चिकित्सकसहितको निःशुल्क सेवा सञ्चालन गरिएको छ ।
सर्वसाधारणलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि नगरपालिकाले चिकित्सकसहितको सेवा सञ्चालन गरेको हो ।

सेवा सञ्चालन भएपछि उपचारका लागि सर्वसाधारणले टाढाको धनगढी र महेन्द्रनगर पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । चौविसै घण्टा आकस्मीकसहित स्वास्थ्य सेवा सञ्चालन गर्ने कृष्णपुर स्वास्थ्य चौकी देशकै पहिलो स्वास्थ्य चौकी भएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो ।

“स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीलाई औषधि, प्रयोगशालालगायत सबै सेवा निःशुल्क गरेका छौँ” उहाँले भन्नुभयो, “जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामीबाहेक अन्य बिरामीको स्वास्थ्य चौकीमै उपचारको व्यवस्था गरिएको छ ।” स्वास्थ्य चौकीमा आवश्यक उपकरण र औजारको व्यवस्था गर्न आवश्यक प्रकृया पूरा गरिएको नगरप्रमुख ओझाले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रभित्रका सुत्केरी हुने महिलाका लागि बर्थिङ सेन्टरसम्म ल्याउन र पु¥याउनका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क गरिएको छ ।

“सुत्केरी हुने महिलासँगै स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भई उपचार हुन नसकेका बिरामीलाई कैलाली र कञ्चनपुरका अस्पतालमा रिफर गर्दा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएका छौँ उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका बासिन्दा बिरामी भइ रगतको आवश्यकता परेमा बाँके र कैलाली रेडक्रससँग समन्वय गरी निःशुल्क रगतको व्यवस्था मिलाइएको छ ।”

नगरपालिका क्षेत्रमा रक्तअल्पताबाट ३० देखि ३५ प्रतिशत बासिन्दा पीडित रहेको नगरप्रमुख ओझाको भनाइ थियो । “रक्तअल्पता प्राय सिकलसेल एनिमिया भएका बिरामीमा बढी देखिने गरेको छ, त्यस्ता बिरामीलाई चारदेखि पाँच प्वाइन्टसम्म रगत आवश्यक पर्दछ” उहाँले भन्नुभयो, “विगतमा प्रतिप्वाइन्ट रगतका लागि रु एक हजार १५० शुल्क तिर्नुपर्ने अवस्था थियो, रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत उपलव्ध गराउने व्यवस्था गरिएको छ ।”

स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा सञ्चालन भएपछि बिरामीको चाप बढदोरुपमा रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रतन बिष्टले बताउनुभयो । दैनिक ७० देखि १५० बढीको सङख्यामा बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् ।

नगरपालिका क्षेत्रमा १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । दश वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र पहिले देखिनै सञ्चालन हुँदै आएका थिए । हाल स्वास्थ्य केन्द्रमा दुई करार जनशक्तिको व्यवस्था गरिएकोे छ ।

नगरपालिकाका सबै बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको नगरप्रमुख ओझाले बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमै निःशुल्क आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनका लागि प्रकृृया अगाडि बढाइएको छ ।

“दक्ष आँखासम्बन्धी उपचार गर्ने चिकित्सकको व्यवस्था गरी सकेका छौँ” उहाँले भन्नुभयो, “आँखा जाँचका लागि आवश्यक पर्ने उपकरण गैरसरकारी संस्थासँग समन्वय गरी व्यवस्था गर्न लागेका छौँ, सेवा सञ्चालन भएपछि आँखा उपचारका लागि कैलालीको धनगढी, गेटासम्म पुग्नुपर्ने अबस्था अन्त्य हुन्छ ।” रासस

शनिबार, असोज २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.