• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ८ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ८ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १३ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १३ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १३ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १३ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

क्षेत्रीय रक्तसञ्चार केन्द्रलाई रगतको माग धान्न धौ–धौ

  •  सोमबार, असोज ३१, २०७९ मा प्रकाशित

टङ्कीसिनवारी । विराटनगरस्थित नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई रगतको माग धान्न धौ–धौ भएको छ ।

रगतको सङ्कलन कम हुँदा विभिन्न रोगका बिरामीलाई रगत वितरण गर्न केन्द्रलाई सकस छ । केन्द्रले दिएको जानकारीअनुसार विराटनगरमा दैनिक सय पिन्ट रगतको आवश्यकता पर्ने गरेको छ । तर केन्द्रमा एक दिनमा ४० देखि ५० पिन्टसम्म मात्र रगत सङ्कलन हुने गरेको छ । विभिन्न सङ्घसंस्थाले पनि रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलन गरे पनि त्यो नियमित भने हुन सकेको छैन । सङ्कलित रगत मागको तुलनामा निकै कम रहेको छ ।

प्रदेश नं १ को राजधानीसमेत रहेको विराटनगरमा कोशी अस्पतालसहित सुविधा सम्पन्न कैयौँ निजी अस्पताल एवं क्लिनिक सञ्चालनमा छन् । प्रदेश नं १ को १४ वटै जिल्ला, प्रदेश नं २ को सिरहा र सप्तरीलगायतका केही जिल्ला र भारतको सीमान्त क्षेत्रबाट समेत बाक्लो सङ्ख्याका बिरामी दिनहुँ विभिन्न रोगको उपचार गराउन विराटनगरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा आइपुग्ने गरेका छन् ।

प्रसूतिदेखि मिर्गौलासम्मका बिरामीलाई रगत चाहिने हुन्छ । कतिपय बिरामीको आकस्मिक शल्य चिकित्सा गर्नुपर्ने हुँदा बिरामीका आफन्त रगत खोज्दै भौँतारिनुपर्ने अवस्था छ । केन्द्रका रक्त सञ्चार सेवा अधिकृत शिवानन्द यादवले केन्द्र सधैँ रगत अभावले पिरोलिने गरेको बताउनुभयो । उहाँले विराटनगर स्वास्थ्यको हबको रूपमा विकसित हुँदै गएकाले उपचारका लागि अत्यधिक बिरामी आउने गरेको बताउनुभयो । विराटनगरका अस्पतालमा जति धेरै बिरामी आउँछन् त्यति नै धेरै रगतको माग बढ्दै जाने भएकोले सधैँजसो अभाव हुने गरेको यादवले बताउनुभयो ।

अधिकृत यादवले रगतको अभाव छ भनेर हात बाँधेर बस्न नमिल्ने भन्दै विराटनगरका अस्पतालको मागबमोजिम आपूर्ति मिलाउन हरसम्भव प्रयत्न गर्ने गरेको बताउनुभयो । उहाँले विभिन्न सङ्घसंस्था र रक्तदातासँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेर अन्य ठाउँबाट पनि रगत सङ्कलन कार्य गर्दै माग धान्ने कोसिस गर्ने गरेको बताउनुभयो ।

अधिकृत यादवले डेङ्गुको बिरामीको सङ्ख्या पनि बढ्दै गएकाले रगतका साथै दैनिक पाँच पिन्टको हाराहारीमा प्लेटलेट्सको माग हुने गरेको स्पष्ट पार्नुभयो । रगत लिन केन्द्र आउनुभएका विराटनगर–१४ का दाताराम चापागाईंले रगतको चरम अभावका बाबजुद केन्द्रले हर हालतमा रगत उपलब्ध गराएको देख्दा खुसी लागेको बताउनुभयो । चापागाईं आफ्नी बहिनीका लागि रगत लिन केन्द्र आउनुभएको थियो ।

विराटनगरमा बसोबास गर्दै आउनुभएकी सिरहाकी मञ्जुलाकुमारी मेहताले केन्द्रमा रगतको अभाव महसुस गरी कसैलाई ताजा रगत चाहिए आफूले रक्तदान गर्ने गरेको बताउनुभयो । रासस

सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.