चितवन । स्वास्थ्यमा समस्या आएपछि भर्ना हुनुभएका नेपाली कांँग्रेसका प्रभावशाली नेता डाक्टर शशांक कोईराला उपचार पछि डिस्चार्ज हुनुभएको छ ।
नवलपुर क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य पदका उमेद्वार रहनु भएका कोइरालाको चुनावी प्रचारप्रसार अभियानका क्रममा अस्वस्थ भएपछि आज दिउसो पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना हुनुभएको थियो।
उहांँ उपचार र केही घण्टाको आराम पछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. सुदिप राज केसीले जानकारी दिनुभयो । डाक्टर केसीका अनुसार उहांँको स्वास्थ्य अवस्था सामान्य छ र दैनिक काममा फर्कन सक्नुहुनेछ ।
डिस्चार्ज भएसंँगै भोलि सोमबार बाट चुनावी अभियानलाई पुनः निरन्तरता दिईने नेपाली कांग्रेस नवलपुर क्षेत्र नं.१ का क्षेत्रिय सभापति अमृत भट्टचनले बताउनु भयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
