• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

प्रजनन स्वास्थ्यमा सचेत बन्दै किशोरी

  •  शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित

भेरीगङ्गा । कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको दैलेखको गुराँस गाउँपालिका–८ निवासी रुकमाया बुढाको २० वर्ष नपुग्दै विवाह भयो । सानैमा बिहे भएपछि उहाँको पढाइ पनि रोकियो ।

कलिलो उमेरमा बच्चा जन्मिएपछि पारिवारिक जिम्मेवारी पनि थपियो । शारीरिकरुपमा परिपक्क नहुँदै आमा बन्दा रुकमायाले कैयन समस्या भोग्नुभयो । अहिले उहाँलाई कलिलै उमेरमा विवाह गरेकोमा पछुतो छ । सोही स्थानकी दिलमाया खड्काको अवस्था रुकमायाको भन्दा फरक छैन । खड्काले पनि २० वर्ष नपुग्दै विवाह गर्नुभयो । बिवाहपछि पढाइ रोकियो । साथमा कलिला काँधमा जिम्मेवारी थपियो ।

रुकमाया र दिलमाया जस्तै पीडा अन्य किशोरीको पनि छ । गाउँमा अझै पनि सानै उमेरमा बिहे गर्ने र आमा बन्नेक्रम रोकिएको छैन । तर कलिलैमा बिहे गर्दा हुने समस्या समाधानका लागि स्थानीय किशोरी सचेत बन्न थालेका छन् ।

आफ्नो प्रजनन स्वास्थ्य मात्र होइन किशोरीले गाउँका अन्य महिलाको प्रजनन अधिकारबारे पनि जानकारी दिन थालेका छन् । सानैमा बिहे गर्ने र प्रजनन स्वास्थ्यमा ध्यान नदिँदा समस्या देखिन थालेपछि किशोरीले अभियान नै सञ्चालन गरेका हुन् । अभियानमार्फत् किशोरीले गाउँमा प्रजनन अधिकार र स्वास्थ्यबारे सचेत गराइरहेका छन् ।

सानै उमेरमा विवाह गर्दाको पश्चाताप उस्तै छ । सानै उमेरमा विवाह भएपछि पढाइमा त बाधा भयो नै रोजगारी नहुँदा आर्थिक समस्या हुँने रहेछ भन्ने उहाहरुलाई दुवै जनालाई महसुुुस भएको छ । सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो परियोजनाअन्तर्गत सञ्चालित ‘मेरो पहिलो बच्चा कार्यक्रमअन्तर्गत’ कक्षामा सहभागी भएपछि मात्र सानैमा बिहे गर्नुभएका दिलमाया र रुकमायाले आफ्नो प्रजनन अधिकार र स्वास्थ्यबारे जानकारी प्राप्त गर्नुभयो । त्यसैले हिजोआज उहाँहरु पनि गाउँका किशोरीलाई प्रजनन स्वास्थ्यबारे जानकारी दिने अभियानमा सक्रिय बन्नुभएको छ ।

गुराँस गाउँपालिकाको वडा नं ८ का विभिन्न टोलमा मेरो पहिलो बच्चा कार्यक्रमअन्तर्गत सञ्चालन भएको यो कक्षाबाट एकसय पाँच जना किशोरीले प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा लिएका छन् । सहजकर्तामार्फत उक्त कक्षामा कलिलैमा बिहे गर्न नुहुने, उमेर परिपक्क भएपछि मात्र पहिलो बच्चा जन्माउनुपर्ने, बच्चा जन्माउँदा जन्मान्तर कायम गर्नुपर्ने, गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुनुपर्ने, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र बच्चालाई पोषिलो खानेकुरा खुवाउने विषयमा किशोरीलाई सचेत गराएको छ । यसबाट स्थानीय किशोरीहरुले प्रजनन स्वास्थ्यबारे सचेत बनेको र समाजमा पनि उनीहरुले ज्ञान बाँड्न थालेका छन् ।

सोकेक नेपालका अनुसार ठाटी, दोवाटो, खनारा, गर्चा र पाल्ते दुवाचौरमा सञ्चालित कक्षामा किशोरीले उमेर नपुगी गरिने विवाहको असर, आमा र बच्चाको स्वास्थ्यका लागि परिवार नियोजनका साधनका बारेमा जानकारी, नवविवाहित किशोरीको जीवनमा हुने परिवर्तनका बारेमा सिकेका छन् ।

उक्त कक्षाबाट सिकेको ज्ञानलाई अहिले आफैँले विद्यालय र घरमा गएर सिकाउने गरिएको किशोरी बताउँछन् । किशोरावस्थामा प्रजनन स्वास्थ्यको महत्व, महिनावारी, उर्भरता विधि तथा गर्भ कसरी रहन्छ, गर्भावस्थामा खतराका सङ्केत, बच्चा जन्माउनका लागि गर्नुपर्ने तयारी, गर्भावस्थामा हुने भावनात्मक परिवर्तन र व्यवस्थापन गर्ने प्रक्रिया, नवजात शिशुमा देखा पर्ने खतराका चिन्ह, नवजात शिशुको हेरचाह, स्तनपान, यौन तथा प्रजनन अधिकारलगायतका विषयमा २० हप्तासम्म छलफल गरिएको सोसेक नेपालका स्थानीय सहजकर्ता गोपिसरा वलीले बताउनुभयो ।

“कलिलैमा बिहे गर्दा हुने असरबारे जानकारी थिएन, तर यो कक्षामा सहभागी भएपछि धेरै कुरा थाहा भयो । परिपक्क नभई बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा पनि समस्या आउने रहेछन्, जन्मान्तरबारे पनि अब हामी सचेत भएका छौँ”, कल्पना वलीले भन्नुभयो ।

कक्षामा सहभागी भएपछि अविवाहित किशोरीले २० वर्ष पूरा भएपछि मात्रै बिहे गर्ने अठोट गरेका सोसेक नेपालका फिल्ड अधिकृत कमला मल्लले बताउनुभयो । उहाँका अनुसार कक्षामार्फत सकेसम्म कलिलै उमेरमा विवाह नगर्न र विवाह गरेपछि पनि बच्चा ढिलो जन्माउन किशोरीलाई सचेत गराएको छ ।

यस्तै सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले कक्षामार्फत किशोरी सक्षम र आत्मनिर्णय गर्नसक्ने बनेको बताए । परिवार नियोजनका अस्थायी साधनका बारेमा जानकारी नपाएकै कारण अधिकांश किशोरीको स्वास्थ्य खराब बन्दै गएपछि संस्थाले यो कक्षामार्फत किशोरीलाई सजग बनाएको उहाँको भनाइ छ । परिवार नियोजनका साधनको प्रयोगले किशोरीको स्वास्थ्यलाई सुरक्षित गर्नुका साथै बालविवाह घटाउन सहयोग पुग्ने संस्थाको अपेक्षा छ ।

उहाँले भन्नुभयो, “किशोरीलाई अहिले नै प्रजनन् स्वास्थ्यबारे सचेत बनाउनु आवश्यक छ, यसले किशोरीको शारीरिक तथा मानसिक हित गर्नेछ । बालविवाह जस्तो भयानक समस्या न्यूनीकरणमा पनि किशोरी नै सक्रिय हुँदा सहज हुन्छ ।” रासस

शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.