• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

खोप ल्याएर नागरिकको मन जितेका उमेश श्रेष्ठ, जो अहिले मत जित्दैछन

  •  शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित

कात्तिक १८, चितवन । कोरोना खोपलाई पहिलो प्राथमिकतामा राखेर काम गरेर उदाहरणीय काम गरिसकेका उमेश श्रेष्ठको नाम अहिले पनि उत्तिकै चर्चामा छ । अनुदानमा आएका र नपुग भएको खोपको मात्रा खरिद गरेर खोपको व्यवस्था उनैले गरेका थिए । खोप अभियानको शुरुवाती क्षणमा स्वास्थ्यकर्मीपछि पत्रकार, सुरक्षाकर्मीहरूलाई खोपको प्राथमिकतामा राखेर वितरण गरिएको खोप सबै नागरिकले त्यतिबेला सहज पाउने अवस्था थिएन । त्यतिबेला खोप नागरिकलाई अनिवार्य उपलब्ध गराउनु भन्ने सर्वोच्च अदालतले आदेश दिएपनि खोप नेपालमा मात्रै नभई विश्वका कैयौं देशमा खोप अभावका कारण नेपाली नागरिकले खोप पाउनु कल्पना मात्रको बिषय थियो ।

तर स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि भने उनले खोपलाई नै पहिलो प्राथमिकतामा राखेर दातृराष्ट्र र किनेरै भएपनि खोप ल्याउने नागरिकलाई विश्वास दिलाए । उनी स्वास्थ्य राज्यमन्त्री भए लगत्तै नागरिकको निराशालाई आशामा परिणत गरे । र नागरिकको सजिलै मन जिते, अहिले उनी उमेद्वारको रुपमा जनताको मन जित्दैछन ।

कोभिड १९ को महामारीमा खोपको अभाव हुँदा आम नागरिकमा भय र त्रास गुज्रिरहेका थिए । कोरोना संक्रमण फैलिएको पहिलो वर्ष धेरैले पहिलो डोज पनि लगाउन पाएका थिएनन । खोपको अत्यधिक माग र अभाव भएको बेला नेता उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा कोभिड विरुद्धको खोप सहज बनाएकै कारण पछिल्लो पटक मानवीय क्षति कम भएको भन्दै काँग्रेसका महासमिति सदस्य प्रकाश अधिकारीले उनको कामको प्रशंसा गरे ।

कमिशनको चक्करमा एमालेको सरकारले खोप ल्याउन नसक्दा कोरोनाको महामारीको असर बढेको स्मरण गराउँदै कुशल ब्यवस्थापनको अनुभवले श्रेष्ठले पारदर्शी ढंगबाट खोप सर्वसुलभ बनाएको अधिकारीले बताए ।

नेपाली काँग्रेसका महासमिति सदस्य प्रकाशअधिकारीले आठ महिनाको अवधिमाकोभिडको खोप सबैलाई पुयाउन सफल व्यत्तित्वलाई निर्वाचनमा जिताउन आग्रह गरे । ‘ कोभिडको भ्याक्सिनको खरिदमा एक पैसाको दाग नलागेको ब्यक्ति उमेश श्रेष्ठ हुन् ’ , अधिकारीले भने , ‘ जनताको विकासको पैसामा अनियमितता हुन नदिने उमेद्वार अहिले काँग्रेसले बनाएको छ । उमेश श्रेष्ठ को हो भन्ने कुरा उनको कामले प्रष्ट पारेको छ । ’

कोरोनाको तेस्रो लहरको सामना गर्न उच्च प्राथमिकता राखेर ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणसम्बन्धी २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना गरेका थिए । दीर्घकालीन र अल्पकालीन रणनीतिसहित काम गरेका थिए । १८ वर्ष मुनिका किशोर किशोरीका लागि लगाउन मिल्ने ’फाइजर’ र ’मोडर्ना’ खोप पनि उपलब्ध गराएका थिए । प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थित र सरल ढङ्गले खोप वितरण गरेका थिए । स्वास्थ्य राज्यमन्त्री भएपछि विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने व्यवस्था मिलाइएका थिए ।

कोभिड १९ विरूद्धको खोप प्रमाणपत्र (भ्याक्सिन सर्टिफिकेट ) प्रमाणिकरण निःशुल्क गरेका थिए । ‘ म इच्छाशक्ति भए सबै कामगर्न सकिन्छ , नतिजा देखिने गरी कामगर्ने हो । म काम गर्नकै लागीआएको हुँ , ’श्रेष्ठले भने , ‘ मैले आफ्नो लागी धेरै गरे अब जनताको लागि गर्न चाहन्छु । ’
खोप सहज भएकै कारण कोभिडको तेस्रो भेरियन्ट बाट धेरै क्षति हुन पाएन । श्रेष्ठले नेपाल मास्क सप्ताह सुरु गरि नागरिकलाई मास्क वितरणको अभियान चलाएका थिए ।

उनकै योजनामा बिरामीका लागि अक्सिजनमा शून्य नाफा कायम गरेर विरामीलाई सहज रुपमा उपलब्ध गराएका थिए । उक्त समयमा दैनिक डेढ देखि २ लाख खोप लगाउन थालेपछि खोप सहज भएको थियो ।

शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.