• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३९ मिनेट 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ३ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ६ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ६ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २३ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २३ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २४ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १ दिन 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

जसपाले स्वास्थ्य सेवालाई निःशुल्क बनाउने

  •  शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने घोषणा गरेको छ । जसपाले यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य बीमाको माध्यमबाट जनतालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने जनाएको हो ।

जसपाले मुलुकको सङ्घीय ढाँचाअनुरूप स्वास्थ्य नीति तर्जुमा गरी स्वस्थ जनता परिवर्तनका संवाहक भन्ने अवधारणाका साथ सबैको स्वास्थ्य सेवामाथिको पहुँच स्थापित गर्ने, केन्द्रीकृत राज्यको परिणामस्वरूप राजधानीमा केन्द्रित स्वास्थ्य सेवालाई गाउँ–गाउँ पु¥याउन उपत्यका बाहिर मेडिकल कलेज र अस्पताल खोल्ने सामुदायिक संस्थालाई विशेष सुविधा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरेको छ ।

यस्तै ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनि रहेका दलित र अपाङ्गता भएका व्यक्तिका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने, न्यून आय भएका जनताको मुटुरोग, मधुमेह, क्यान्सर, मस्तिष्क र मिर्गौलासम्बन्धी जटिल रोगको उपचारका लागि राज्यले दिँदै आएको सहयोगलाई शतप्रतिशत वृद्धि गर्ने र मिर्गौला प्रत्यारोपण निःशुल्करूपमा गर्ने व्यवस्था गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ ।

जसपाले आफ्नो घोषणापत्रमा ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढी–पहिरो, प्राकृतिक प्रकोपजस्ता विपत्को बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गर्ने, वडाहरूका स्वास्थ्यचौकी स्तरोन्नति गर्ने र प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियनसहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्नेजस्ता योजना ल्याएको छ ।

यसैगरी जडीबुटी प्रशोधन नगरी निकासी गर्ने कार्य बन्द गर्ने, जडीबुटी प्रशाोधनको संस्थागत विकास गर्दै आयुर्वेद शिक्षा र अनुसन्धानमा जोड दिने, योग र आयुर्वेद उपचार प्रणालीलगायत परम्परागत वैकल्पिक उपचार पद्धति, आम्ची उपचार पद्धति, होमियोप्याथी आदिलाई आधुनिक चिकित्सा पद्धतिसँग एकीकृत गर्ने, योग विज्ञान र प्राकृतिक चिकित्सा विकासका लागि पूर्वाधार निर्माण गर्ने जसपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोगलाई विशेष महत्व दिने र नेपाल पक्ष भएका स्वास्थ्य र वातावरणसम्बन्धी महासन्धिहरूको प्रभावकारी कार्यान्वयन गर्ने जसपाले घोषणापत्रमा राखेको छ । रासस

शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.