• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’

  •  बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

रामपुर (पाल्पा) ।विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैँ पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ ।

विद्यार्थीलाई स्वास्थ्य सेवा सहज रुपमा विद्यालय हाताभित्र उपलब्ध गराउने उद्देश्यले रामतुलसी मावि रामपुरमा एकजना छुट्टै स्वास्थ्यकमी ९नर्स० शिक्षकसहित स्वास्थ्य कार्यकक्ष तथा प्राथमिक उपचार सेवा प्रभावकारी बन्दै गएको छ । टाउको, पेट दुख्दा, सामान्य चोटपटक लाग्दा विद्यालयमा उपचार सेवा पाउँदा धेरै राहत पुगेको र यसले पढाइमा आत्मबल बढाएको विद्यार्थी प्रकृति पोखरेलले बताउनुभयो ।

“सञ्चो नहुँदा पहिला सिधै उपचार नगरीकन घर गइन्थ्यो, धेरै असजिलो भएमा अभिभावक बोलाएर अस्पताल जानुपर्दा दुःख हुन्थ्यो, अहिले विद्यालयभित्रै प्राथमिक उपचार सेवाले धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

कक्षा कोठामा सामान्य स्वास्थ्य समस्या आउदा बाध्यताले कक्षाकोठामै बसेर पढ्दा पढाइ प्रभावित हुन्थ्यो । अहिले अप्ठ्यारो परेमा विद्यालयमा स्वास्थ्य सेवा लिएर पढ्न पाउँदा पढाइमा सहज भएको विद्यार्थी स्वरुप मरासिनी बताउनुहुन्छ । बेलाबेलामा नर्स शिक्षकसँग स्वास्थ्यसम्बन्धी सल्लाह तथा उपचार सेवा नियमित रुपमा लिँदै आएको उहाँले बताउनुभयो ।

रामतुलसी माविमा विसं २०७७ फागुन १६ देखि सो सेवाको व्यवस्था भएको हो । सामान्य समस्या हुँदा विद्यालय नआउने गरेका विद्यार्थीहरु अहिले नियमित आउन थालेको पाइएको छ । ज्वरो आउने, टाउको दुख्ने विशेषगरी छात्राहरुलाई महिनावारीका समय प्राथमिक उपचार सेवा लिन धेरै सहज भएको छ ।

स्वास्थ्य कक्षमा दुईवटा शय्या, एकवटा बिरामी बोक्ने स्टेचर, ब्लड प्रेसर जाँच गर्ने मेसिन, सेनेटरी प्याड, अक्सिजन जाँच गर्ने सामान लगायतका प्राथमिक उपचारका सबै सामग्रीको बन्दोबस्त छ । विद्यार्थीलाई प्राथमिक उपचार सबै निःशुल्क दिइएको छ ।

बिद्यालयमा कक्षा सञ्चालन नहुदा खेल खेल्दा लडेर चोटपटक लागेमा, एक्कासि ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने जस्ता समस्या भएमा स्वास्थ्य कार्यकक्षमा आउने गरेको नर्स शिक्षक सोनु सुवेदी बताउनुहुन्छ ।

नर्स सुवेदीका अनुसार एक महिनामा दुई सयभन्दा बढी विद्यार्थीले सो सेवा लिँदै आइरहेका छन् । गम्भीर खालका बिरामी भएमा अभिभावक बोलाएर थप उपचारका लागि अन्यत्र अस्पताल सिफारिस गर्ने तथा घरमै लगेर आराम गर्न सुझाव दिने गरिएको छ ।

नमुना विद्यालयअन्तर्गत सङ्गीत, स्वास्थ्य, खेलकुदका शिक्षक राख्नुपर्ने मापदण्डअनुसार विद्यालयले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आन्तरिक कोषबाट तलब व्यवस्थापन गरी एकजना नर्स शिक्षकको व्यवस्था गरिएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ ।

“विद्यालयमा देखिने काम र सही सदुपयोग भएको छ, सामान्य समस्या परेमा अभिभावक बोलाउनुपर्ने, अस्पताल लैजानुपर्दा अप्ठ्यारो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले एकजना नर्स शिक्षक नै परिचालन गरेपछि गम्भीर प्रकृतिका बाहेक सबैजसो समस्या विद्यालयबाट समाधान हुने गरेको छ, फुर्सदको समयमा पालैपालो कक्षाकोठामा स्वास्थ्य सचेतना समेत दिने गरिएको छ ।”

रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले रामपुरमा सामुदायिकतर्फ रामतुलसी र जनविकास मावि, निजीतर्फ भूपूसैनिक राइजिङ बोर्डिङ स्कुलमा नर्स शिक्षकको व्यवस्था रहेको र यसले शिक्षण सिकाइमा धेरै राम्रो प्रभाव पारेको बताउनुहुन्छ ।
जनविकास माविमा प्रदेश नमुना विद्यालय योजनाअन्तर्गत सङ्गीत, खेलकुद, नर्स शिक्षक व्यवस्था गर्नुपर्ने रहेकाले सोही अनुसार सोको व्यवस्था गरिएको हो भने सङ्घअन्तर्गत नमुना विद्यालयमा छनोटमा परेका विद्यालयमा सङ्गीत, खेलकुद, नर्स शिक्षकको व्यवस्था गर्नुपर्ने मापदण्ड रहेको छ । सोही अनुसार रामतुलसीमा प्राथमिक उपचार कक्षसहित एकजना नर्स शिक्षक नै व्यवस्था गरिएको हो । रासस

बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.