• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

ओस्टियो अर्थाइटिसका लक्षण र आधुनिक उपचार पद्धति

  •  शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित

बढ्दो उमेरसँंगै मानिसको हड्डी खिर्इंदै जान्छ । यो स्वभाविक रुपमा सबै मानिसहरुमा समय अनुसार देखिन्छ । यो समस्यालाई हामी अंग्रेजीमा ‘ओस्टियो अर्थाइटिस’ भन्छौं । उमेर ढल्किएको सबै मानिसमा देखिने यो समस्या महिनावारी रोकिएका महिलाहरुमा धेरै देखिने गर्छ । यो रोग पुरुषहरुमा प्राय ५० देखि ६० वर्षको उमेरमा देखिन्छ भने स्त्रीहरुमा ४० देखि ५० वर्ष मै देखिन शुरु हुन्छ ।
जोर्नी भनेको दुई हड्डीहरू आपसमा मिल्ने ठाउँ हो । जोर्नीमा हड्डीलाई कार्टिलेज नामक सुरक्षात्मक तन्तुले ढाकेको हुन्छ । ‘ओस्टियो अर्थाइटिस’ मा यो ‘कार्टिलेज’ खिईन्छ, जसले गर्दा जोर्नी चलाउंँदा हड्डीहरू एकसाथ रगडिन्छन् र जोर्नीहरु दुख्ने गर्दछ ।

ओस्टियो अर्थाइटिसले कुनै पनि जोर्नीलाई असर गर्न सक्छ तर प्रायः घुँडा, हिप, मेरुदण्ड, काँध, हात, औंलाहरूमा समस्या निम्त्याउँछ । यो समस्या उमेर बाहेक विगतको जोर्नीमा लागेको चोट (लिगामेन्ट) च्यातिएको, मेनिस्कस च्यातिएको, हड्डी भांँचिएको, जोर्नी खुस्किएको, मोटोपना, बाथ इत्यादिका कारणहरुले पनि देखिन्छ । साथै धेरै उभिएर काम गर्ने , दौडिने , धेरै माथी तल गर्ने , भारी बोक्ने मानिसहरुमा पनि यो समस्या अलि चाडै नै देखा पर्दछ ।

ओस्टियो अर्थाइटिसका लक्षणहरु निम्नानुसार छन्

जोर्नी दुख्ने
जोर्नी चलाउन गाह्रो हुने, कक्रक्क पर्ने
जोर्नीहरु सुन्निने
हिडडुल गर्न गाह्रो हुने
जोर्नी चलाउंँदा क्रेपिटस, वा ग्रेटिंग, क्र्याकिङ, क्लिक, वा पपिंग आवाज आउने
धेरै जोर्नी खिईसकेकाहरुमा दैनिक क्रियाकलाप गर्न अप्ठ्यारो हुने

ओस्टियो अर्थाइटिसको उपचार हड्डी खिईएको ग्रेडमा भर पर्छ । सजिलो भाषामा भन्दा यसको ४ वटा ग्रेड हुन्छ जसलाई एक्सरे हेरेर वर्गीकरण गरिन्छ । सामान्यतया हल्का मात्रै हड्डी खिईएको भए ९ग्रेड १० व्यायाम, पिÞmजियोथेरापी, मनतातोले सेक्ने गर्दा नै ठिक हुन्छ । कसै कसैलाई दुखाई कम गर्ने औषधि खानु पर्ने हुन्छ । ग्रेड २ मा पनि धेरैलाई यतिले नै सजिलो बनाउँछ । केहि ग्रेड २ र ग्रेड ३ (क) बिरामी हरुलाई यतिले मात्रै नपुगेर नियमित रुपमा दुखाई कम गर्ने औषधि खान पर्ने पनि हुन सक्छ भने कतिलाई जोर्नी भित्र औषधि दिन पर्ने हुन्छ ।

जोर्नी भित्र कतिले ह्यलुरोनिक एसिड दिने गर्दछन जसले जोर्नी भित्र चिल्लोपना प्रदान गर्दछ । कतिले स्टेरोयड पनि दिने गर्दछन जसले जोर्नी भित्र सुन्निएको लाई कम गर्दछ । तर स्टेरोयडको आफ्नो समस्या धेरै छन् त्यसैले कति डाक्टरहरुले स्टेरोयड दिदैनन् या दिएपनि १ वा २ चोटी भन्दा बढी दिदंैनन् । अहिले टेक्नोलोजी राम्रो हुँदै गैराखेको अवस्थामा PRP (Platelet rich plasma), ACs\ (Autologous Conditioned Serum) जस्ता पद्धति हरु आएका छन् जसले पनि बिरामी को अवस्थामा धेरै सुधार ल्याएको देखिन्छ ।

यी पद्धतिहरुमा बिरामीको आफ्नै रगतमा हुने सुनिएको कम गराउने तत्वहरु र ग्रोथ फ्याक्टरहरु को माध्यम बाट उपचार हुने हुँदा कुनै नकारात्मक असर पर्दैन र जति पटक पनि प्रयोग गर्न सकिन्छ । कतिमा यतिले मात्रै नभए जोर्नी भित्र दुरबिन छिराएर सफा गर्नुपर्ने पनि हुन सक्छ, जसलाई मेडिकल भाषामा अर्थ्रोस्कोपिक लावाजू भनिन्छ । धेरै जसो ग्रेड ४ को बिरामीहरुलाई औषधिहरुले मात्रै ठिक नगरेको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जोर्नी फेरे पछि यस्ता बिरामीहरुमा दुखाई कम हुन्छ र बिरामीहरु आफ्नो दैनिक कार्यमा सजिलोसंँग फर्कन्छन् । प्रविधिको विकास संँंगै हाल शरिरका धेरैजसो ठुला जोर्नीहरु पनि फेर्न सकिन्छ ।

शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.