• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बर्दिबास अस्पताल डेङ्गुले भरिभराउ

  •  शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा छ । अहिले डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ छ ।

कात्तिक महिनामा मात्रै हालसम्म (कात्तिक २५ गते मध्याह्नसम्म) १२६ जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ । “दैनिक डेङ्गु जाँच गर्न आउनेको चाप छ, सङ्क्रमण पुष्टि भएका पनि बाक्लै भेटिएका छन्”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले अस्पताल परिसरमा सञ्चारकर्मीसँग भन्नुभयो, “हामीलाई जाँच गर्न र उपचार दिन भ्याइनभ्याइ छ ।”

गत साउनदेखि नै बर्दिबास नगरक्षेत्रमा डेङ्गुको सङ्क्रमण भेटिएको हो । गत साउनमा जाँच गर्न आएका २७ जनामध्ये दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी भदौमा जाँच गरिएका १२४ मध्ये २४ जना, असोजमा जाँच गरिएका २३९ मध्ये ९४ जना र जारी कात्तिकको हालसम्म जाँच गरिएका २७५ मध्ये १२६ जनामा सङ्क्रमण पुष्टि भएको डा महर्जनले जानकारी दिनुभयो । साउनदेखि हालसम्म २४६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएको छ ।

“अहिले अस्पतालमा जाँचका लागि दिनहुँ मान्छेको चाप बढ्दो छ, सङ्क्रमित पनि थपिँदा छन्” बर्दिबास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा भन्नुहुन्छ, “हामीलाई डेङ्गु जाँचका लागि किटको पनि अभाव छ, बर्दिबास नगरपालिकाले अहिलेसम्म ६० वटामात्र किट उपलब्ध गराएको छ, हामीले ६६५ जनाको जाँच गरिसकेका छौँ ।” विभिन्न सङ्घसंस्थासँग मागजाँच गरेर किट व्यवस्था गरिएको शर्माको भनाइ छ । पछिल्लो पटक डेङ्गु सङ्क्रमण बढ्दै गएपछि आसन्न निर्वाचनमा खटाइएका स्वास्थ्य क्षेत्रका कर्मचारी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेर फिर्ता बोलाइएको शर्माले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । यता बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान भने डेङ्गु नियन्त्रणका लागि प्रभावकारी काम गरिएको दाबी गर्नुहुन्छ । “हामीले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज गरेर लार्भा नष्ट गर्ने अभियान नै चलाएका छौँ”, उहाँ भन्नुहुन्छ, “नगर बस्तीमा डेङ्गुविरुद्धको औषधि छर्कने काम गरिएको छ, सरसफाई सचेतनासम्बन्धी सघन काम गरिएका छन् ।” डेङ्गु सार्ने ‘आडेस’ नाउँको लामखुट्टेको बासस्थान खोज गरी लार्भा नष्ट गर्ने र घरपरिवेश सरसफाइ गर्ने यस अभियानका मुख्य काम भएको पासवानको भनाइ छ ।

सरसफाइमा समुचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टे अझै वृद्धि भएर सङ्क्रमण बढ्नसक्ने चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको पूरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केहीकेही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै सङ्क्रमितको सङ्ख्या २४६ पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख पासवान बताउनुहुन्छ ।

पछिल्लोपटक नगरक्षेत्रमा डेङगु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखिएको जनाएको छ । नगरका सबै (१४ वडा) वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउनुहुन्छ । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् ।

आफ्ना घरआँगन, कोठाचोटा र वरपर नियमित सरसफाइ गर्ने, लामखुट्टेले पानीमा पूmल पार्ने भएको हुँदा कतै पानी जम्न नदिने र घरप्रयोजनका लागि भण्डारण गरिने पानी छोपेर राख्ने मात्रै गरिए पनि यसको नियन्त्रणमा बल पुग्ने डा महर्जन बताउनुहुन्छ । यसबाहेक नगर कार्यपालिका र स्वास्थ्यसम्बद्ध सबै संस्थाको डेङ्गु नियन्त्रणमा सङ्गठित प्रयत्न हुनपर्ने चिकित्सकहरूको भनाइ छ ।

यसैबीच डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन बर्दिबास नगरप्रमुख क्षत्रीले नगरवासीसँग अपिल गर्नुभएको छ । भीडभाड बढ्ने आसन्न निर्वाचनका बेला अझ यसबारे सचेत भई सरसफाइमा विशेष ध्यान दिन नगरप्रमुख क्षत्रीको नगरवासीमा आग्रह छ । रासस

शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.