निरुता श्रेष्ठ,चितवन । विश्व मधुमेह दिवस २०२२ को अवसर पारेर भरतपुरमा ‘वाकाथन’ (र्याली) हुने भएको छ ।
समुदायिक चिकित्सा विभाग ,पुरानो मेडिकल कलजेको आयोजनामा सोमबार कात्तिक २८ गते ब्लु सर्कल वाकाथन हुने भएको हो ।
‘नियमित हिडौं, मधुमेह जितौं भन्ने मुल नाराका साथ सचेतना जगाउन वाकाथन कार्यक्रम राखिएको डाक्टर प्रेरणा वंशालले जानकारी दिनुभयो ।
उहांँका अनुसार सोमबार बिहान सांँढे ६ बजे कलेजबाट वाकाथन कार्यक्रम शुरु भई विरेन्द्र क्याम्पस ,रमाइलो चोक हुदैं पुनः कलेजमा आएर समापन हुनेछ । वाकाथुनमा पुरानो मेडिकल कलेजका चिकित्सक ,स्वास्थ्यकर्मी, कर्मचारी , चितवन मधुमेह समाजका प्रतिनिधि लगायतको सहभागिता रहने डा वंशालले बताउनु भयो । सो अवसरमा कलेजले मधुमेह परीक्षण बिशेष छुटमा प्रति व्यक्ति दुईहजार रुपैंयामा सेवा लिन सक्नेछन ।
