भरतपुर ।प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले जनताको घरमा अस्पताल पु¥याउने नीति बनाउने बताएका छन् । पश्चिम चितवनको चनौलीमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले निशुल्क स्वास्थ सेवासहितको योजना बनाउने बताए । ‘मोबाईल हेल्थ क्लिनिक’ को अवधारणा अनुसार जनताको घरआँगनमा अस्पताल पुग्ने उनले बताए ।
“आवश्यक साधन श्रोत र चिकित्सकसहित गाडीमै ठाउँ(ठाउँमा पुग्नेसँगै जनताको उपचार गर्ने व्यवस्था मिलाईने छ ।” डा. भोजराजले भने,” बाँकी रहेका अस्पताललाई थप सेवा सुविधाको प्रबन्ध गरिनेछ” । आफ्नो क्षमता र योग्यताका आधारमा कार्ययोजना बनाउने उनले प्रतिबद्धता जनाए ।
यस्तै प्रदेशसभा ३९१० का प्रत्यक्ष उम्मेदवार डा। सुर्यकान्त घिमिरेले नेपालमै मल कम्पनी बनाउने बताएका छन् । सोही चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले मल विउ र सिचाइको अभाव नहुने निति निर्माण गर्ने बताए । डा। भोजराजको विजयपछि स्वास्थ क्षेत्रमा आमुल परिवर्तन हुने मतदाताको अपेक्षा छ ।
