• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जाडोमा किन खाने च्यवनप्राश ? यस्ता छन् फाइदाहरू

  •  शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित

काठमाडौं । च्यवनप्राश प्राचीन पूर्वीय आयुर्वेद ज्ञानका आधारमा बनाइएको एक विशिष्ट पाक हो । आधुनिक भाषामा भन्दा च्यवनप्राश एक पौष्टिक जाम हो । यसले हाम्रो स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ ।

च्यवनप्राश संस्कृत शब्दबाट आएको शब्द हो । ‘प्राचीन कालमा दुई ऋषिहरूले एक वृद्ध ऋषिको यौवन पुनःस्थापित बनाएको विशेष पाकलाई च्यवनप्राश भनिन्छ । वृद्धता हटेर जवान भएका ऋषि च्यवनका नामले प्रसिद्ध भए । उनले सेवन गरेको पाकको नाम च्यवनप्राश रहन गयो ।

घिउ, तिलको तेल र महले जडिबुटीलाई कोशिकाहरुको गहिराइमा लैजाने उत्प्ररेक एजेन्टको रूपमा काम गर्दछन् । महले अन्य खराब तत्त्वहरूको प्रभावलाई कम गरी शरीरको सुरक्षामा मद्दत गर्दछ । च्यवनप्राशले मांसपेशी बलियो, कलिलो र हृष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ ।
च्यवनप्राशले हाम्रो छालालाई कलिलो नरम र चम्किलो बनाउनको मद्दत गर्छ । बुढ्यौली प्रक्रियालाई सुस्त बनाउन, स्मरणशक्ति बढाउन, मुटुको लागि राम्रो र पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीको स्वास्थ्यलाई बढाउन पनि च्यवनप्राश लाभदायक रहेको छ ।

डाबर च्यवनप्राश जडीबुटी र प्राचीन आयुर्वेदिकबाट बनेको स्वास्थ्यको लागि फाइदाजनक पौष्टिक जाम हो । च्यवनप्राश विभिन्न जडिबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रणबाट बनेको पौष्टिक जाम हो ।

यसमा रहेको मुख्य तत्त्व अमलाकी हो । यसले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ । यो एन्टिअक्सिडेन्ट गुण भएको चिटामिन सीको उच्चतम स्रोतहरट्ठमध्येमा पर्छ । यसमा रहेको घिउले एक उत्प्रेरक (योगवाही) को रूपमा कार्य गर्दछ । जाममा सामावेश जडिजुडीले सेलुलर स्तरमा शरीरमा रहेको विकार अवशोषण गर्दछ । मह मिश्रित जडीबुटीले शरीर मर्मतका लागि आवश्यक पर्ने उत्प्रेरकको रूपमा काम गर्दछ । यस्तै तिलको तेलले आयुर्वेदिक हर्बलको रूपमा काम गर्ने बताइएको छ ।

यसलाई कसरी उपभोग गर्ने ?

यो कुनै विशेष मौसममा मात्र नभएर जुनसुकै ऋतमा प्रयोग गर्न सकिन्छ । च्यवनप्राश सिधै उपभोग गर्न सकिन्छ । तातो दूध वा तातो पानीसँग खाँदा उपयोगिता बढी हुन्छ । वयष्कहरूले दैनिक बिहान खाली पेटमा र बेलुकाको खानाभन्दा आधा घण्टा अघि १-१ चम्चा खानु लाभदायक मानिन्छ । ३–१२ वर्षका बच्चाहरूको लागि दैनिक दुई पटक आधा चम्चाका दरले खुवाउनुपर्छ ।

च्यवनप्राशमा पाइने प्रमुख तत्त्व अमलाले शरीरलाई डिटोक्सिफिकेसन हुन्छ । जसले रगत, प्लीहा, कलेजो र फोक्सो सफा गर्छ । यसको नियमित सेवनले हामी जवान रहन र मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुढृद गर्न, शरीरको शक्ति र सहनशक्ति निर्माण गरेर रोगसँग लड्ने प्राकृतिक क्षमतालाई बढाउनुका साथै श्वासप्रश्वास प्रणाली सुधारमा सहयोग गर्छ ।

च्यवनप्राशको नियमित सेवन गर्नाले शरीरको प्राकृतिक प्रतिरक्षा क्षमता बढाउँछ ।

फाइदाहरू

च्यवनप्राश ४१ भन्दाबढी आयुर्वेदिक जडीबुटीहरूको सम्मिश्रणबाट बनाइन्छ । समय–परीक्षण गरिएको आयुर्वेदिक पद्धति अनुसरण गरी तयार गरिएको यो पाकले प्रतिरक्षा प्रणाली सुदृढ बनाउन मद्दत गर्छ ।

यसले गर्दा ब्याक्टेरिया, भाइरस, धूलो र मौसम परिवर्तनको कारण हुने खोकी र चिसो आदि जस्ता दैनिक संक्रमणहरूबाट शरीरलाई बचाउँछ । स्वास्थ्यको हिसाबले च्यवनप्राश सबै उमेर समूहका (बालबालिका, वयष्क र वृद्ध) मानिसको लागि फाइनाजनक छ ।

भिटामिन सी र एन्टिअक्सिडेन्ट हाम्रो स्वास्थ्यको फाइदाजनक रहेको छ । च्यवनप्राशले फोक्सोको शक्ति प्रवर्द्धन गर्न अविश्वसनीय काम गर्न सक्छ । यसले श्लेष्म झिल्लीलाई पोषण दिने भएकाले श्वासप्रश्वास मार्गलाई सफा राख्न मद्दत गर्छ ।

यसले हाम्रो सरीरमा बल, ऊर्जा र विभिन्न संक्रमणहरूबाट जोगाएर स्वास्थ्य प्रतिरक्षा गर्न मद्दत गर्छ ।

च्यवनप्राशमा पाइने जडीबुटीहरूले फोक्सो जोगाउका लागि संक्रमणसँग लड्न मद्दत गर्छ । यस्तै च्यवनप्राशले रुघाखोकी, दम, क्षयरोग, कब्जियत, भोक नलाग्ने, अल्छी लाग्ने र तौल घट्ने जस्ता रोगसँग लड्ने क्षमताको विकास गर्छ । प्रजनन स्वास्थ्य, छाला सुधार्न मद्दत, बुढ्यौली रोक्न र दीर्घायु यसले थप सहयोग गर्दछ ।

प्रतिरक्ष बुस्टर र स्ट्यामिना

च्यवनप्राश एक शक्तिशाली प्रतिरक्षा बुस्टर हो र शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरू उत्पादन गर्न मद्दत गर्दछ र रगत, कलेजो र फोक्सोलाई सफा गर्छ । यसले जवानी बढाउन मद्दत गर्छ ।

च्यवनप्राश प्राचीन कालदेखि नै स्वास्थ्य परिपूरक र रोग प्रतिरोधात्मक क्षमता र दीर्घायु बनाउने औषधिको रूपमा व्यापक रूपमा प्रयोग हुँदै आएको पाइन्छ ।

कुपोषण

च्यवनप्राशले पोषक तत्त्वको कमी र गलत पाचन प्रणालीको कारण लाग्ने कुपोषण कुपोषण विरुद्ध लड्न मद्दत गर्छ । साथै यसले कमजोर स्मरणशक्ति बढाउन मद्दत गर्छ ।
कोभिड-१९ मा डाबर च्यवनप्राश क्लिनिकल अध्ययनको मुख्य निष्कर्ष

विश्वभर महामारीका रूपमा आएको कोभिड-१९ संक्रमण हुन नदिन पनि यसले महत्त्वपूर्ण भूमिका खेलको विभिन्न अध्ययनहरूले देखाएका छन् । ‘अ लार्ज–स्क्याल मल्टी–सेन्ट्रिक किलिनिक अध्ययन’ ले गरेको एक अनुसन्धानले पनि च्यवनप्राश कोभिड–१९ को समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएको छ ।

यसले गरेको अनुसन्धानमा ६९६ जना सहभागी भएका थिए । तीमध्ये ३५१ जना च्यवनप्राश प्रयोग गर्ने समूह र ३४५ प्रयोग नगर्ने गरी दुई समूह थिए ।

अध्ययनको नतिजाले च्यवनप्राशको नियमित सेवन गर्नेहरूमा कोभिड–१९ संक्रमणको जोखिम १२ गुणासम्म कम भएको देखाएको छ ।

यस्तै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को लागि प्रकाशित गरेको सामान्य मापनअनुसार कोभिड–१९ को गम्भीरता मूल्यांकन गरिएको थियो । यस अध्ययनले पनि च्यवनप्राशको नियमित प्रयोग गर्नेको जीवनस्तरमा २ गुणा सुधार भएको देखाएको छ ।

यस अध्ययनले च्यवनप्राश नियमित सेवनकर्ता कोभिड–१९ को गम्भीर संक्रमणबाट बढी सुरक्षित रहेको पाइयो । किनभने दुई जना सहभागी मात्र आरटी–पीसीआर भएका थिए । अध्ययन अवधि पूरा भएको दुई महिनापछि पोजेटिभ र दुवैमा लक्षण नदेखिएको अस्पतालका निर्देशक तथा प्रिन्सिपल प्राध्यापक डाक्टर विदुला गुजरवारले बताए ।

अर्कोतर्फ नियन्त्रण समूहमा सोही अवधिमा चार जना सहभागीमा आरटी–पिसिआर पोजिटिभ आएको र तीमध्ये एक जनालाई अस्पतालमा भर्ना गर्नुपरेको प्रा.डा. गुर्जवारले बताएका थिए ।

जाडो मौसममा रोग प्रतिरोधान्मक क्षतामा सुधार

यसमा रहेका विभिन्न रसायन जडीबुटीहरूले मानिसको इम्युनोमोड्युलेटरी प्रभावहरूमार्फत विभिन्न प्रकारका संक्रमणहरूलाई रोक्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता, मौसमी प्रभाव, नाकको एलर्जी र संक्रमण आदिमा च्यवनप्राशको फाइदाजनक प्रभावलाई पुष्टि गर्ने विभिन्न क्लिनिकल र पूर्व–चिकित्सा अध्ययनहरूले उजागर गरेका छन् । आर्थिक अभियानबाट

शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.