• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

प्रधानमन्त्री देउवाद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह

  •  शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गरेका छन्। एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उनले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगको व्यापक चेतना वृद्धि गर्न अपरिहार्य रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस कार्ययोजना निर्माण गर्न आह्वान गरेका छन्।
संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन र हालै यस त्रिपक्षीय सहमतिमा संलग्न भएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम समेतको एकीकृत आह्वानमा विश्वभरि नै हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाउँदै आएको छ। यस वर्ष पनि नेपालमा पनि विभिन्न सचेतनामूलक र प्रवार्द्दनात्मक कार्यक्रमको आयोजना गरी यो सप्ताह मनाईंदैछ।

कोभिड –१९ जस्तै एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पनि हालका दिनमा विस्तारै महामारीको रूप लिँदै गएको र यसले आधुनिक चिकित्साशास्त्रका हालसम्मका उपलब्धिमा ठुलो चुनौती सिर्जना हुने जोखिम रहेको उनले बताएका छन्। सङ्क्रमणको रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको अनुचित प्रयोगका साथै व्यवसायिक कृषिमा गरिने एन्टिमाइक्रोबियलको प्रयोग र त्यसबाट वातावरणमा निस्किने अवशेषले धेरै रोगका सुक्ष्म जीवाणुमा प्रतिरोध (रेजिस्टेन्स) क्षमता विकास भइरहेको छ।
यसका कारण अधिकांश एन्टिमाइक्रोबियल औषधिको प्रभाव कम हुँदै गएकाले मानिसमा हुने सामान्यदेखि गम्भीर प्रकृतिका सङ्क्रमणको उपचारमा व्यवधान सिर्जना भएको उनले उल्लेख गरेका छन्। मानिस, पशुपक्षी र वातावरणबीच हुने अन्तरसम्बन्ध प्रणालीमा जीवाणुको आदान प्रदानद्वारा सिर्जित एन्टिमाइक्रोबियल रेजिस्टेन्स मानव जातिका साथै समग्र विश्वका लागि चुनौतीका रुपमा देखापरेको छ।

सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्र महासभाको सन् २०१६ को विशेष राजनीतिक घोषणामा आफ्नो प्रतिबद्धता जाहेर गर्दै ‘एक स्वास्थ्य’ अवधारणा अनुरुप सबै क्षेत्रबाट एन्टिमाइक्रोबियल सचेतनाका लागि आवश्यक पैरवी गर्दै आएको छ। प्रधानमन्त्री देउवाले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विरुद्धको यो सचेतनामूलक अभियानमा सम्पूर्ण नेपालीका साथै सरोकारवाला निकायलाई एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दै विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका छन्। रासस

शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.