काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
२४० वटा नमूना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ४२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
