हरि पौडेल, चितवन । पछिल्लो २४ घण्टामा चितवनमा चार जनामा डेँगु सङक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या दुई हजार १ सय ८७ पुगेको छ।
जसमध्ये भरतपुर महानगरपालिकाका एक हजार ५ सय ७० जना, रत्ननगर नगरपालिकाका दुई सय ४८, खैरहनी नगरपालिकाका १ सय ६९ जना, राप्ती नगरपालिकाका ९८ जना, कालिका नगरपालिकाका ५० जना, माडी नगरपालिकाका ३८ जना र इच्छाकामना गाँउपालिकाका १४ जना रहेका छन्। त्यस्तै अन्य जिल्लाबाट २ जना रहेको छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
