• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ मिनेट 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २२ मिनेट 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • १ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ४ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ६ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ७ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २३ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २३ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

चुनाव लडेका ८ स्वास्थ्यमन्त्रीमा ६ जना पराजित

  •  शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित

काठमाडौं । यसपटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि २०७४ यताका पूर्वस्वास्थ्यमन्त्रीहरु पद्मा अर्याल (राज्यमन्त्री), उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, उमेश श्रेष्ठ (राज्यमन्त्री), शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र विरोध खतिवडा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका थिए । यीमध्ये उमेश श्रेष्ठ बाहेक सबै निवर्तमान सांसद हुन्, अर्थात उनीहरु दोहोरिएर संसद् छिर्ने दौडमा थिए ।

तर, यसपटकको निर्वाचनबाट सांसदका लागि पूर्वस्वास्थ्यमन्त्रीहरुमध्ये ६ जनाको दौडमा पाँच वर्षका लागि ब्रेक लागेको छ । १९ दिन स्वास्थ्यमन्त्री बनेका नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलभन्दा ९९५ मत बढी ल्याएर विजयी भएका हुन् ।

यता २०७४ को निर्वाचनपछि राज्यमन्त्रीको रुपमा पहिलोपटक स्वास्थ्य मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएकी एमाले सचिव पद्माकुमारी अर्याल स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा छिन् । हालसम्म मतगणना सुरु नभएको सो क्षेत्रमा उनी कांग्रेस उपसभापति धनराज गुरुङसहित ११ जनासँग प्रतिस्पर्धामा छिन् । यी दुईबाहेक अन्य पूर्वस्वास्थ्यमन्त्री पराजित भइसकेका छन् ।

२०७४ को निर्वाचनपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए । करिब १८ महिना स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका यादव राउतभन्दा १८ हजार ६३ मत कम ल्याउँदै पराजित भएका हुन् ।
०७७ पुसपछि पाँच महिना स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका हृदयेश त्रिपाठी यसपटक पराजित भए । कोरोना संक्रमण तीव्र हुँदै गएको समयमा महत्वपूर्ण मन्त्रालय सम्हालेका त्रिपाठी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनोदकुमार चौधरीसँग ६ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन् ।

कोरोनाकालमा नै १९ दिन स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका शेरबहादुर तामाङ पनि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पराजित भए । नेकपा (एमाले)बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा लडेका उनी कांग्रेसका मोहनबहादुर बस्नेतसँग १२ हजारभन्दा बढी मताान्तरले पराजित भएका हुन् ।

सांसदभन्दा बाहिरबाट स्वास्थ्य राज्यमन्त्री बनाइएका नेपाली कांग्रेसका उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग उनी ३४ हजार १७० मतान्तरका साथ पराजित भए ।

कोरोनाकालमा सबैभन्दा लामो समय अर्थात नौ महिना स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका नेकपा (एकीकृत समाजवादी)का सचिव विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट पराजित भए । सो क्षेत्रमा उनी आफ्नै राजनीतिक चेला रहेका एमालेका युवा नेता महेश बर्तौलासँग चार हजार ५२० मतान्तरले पराजित भएका हुन् । राजनितिक यात्राको ३० वर्षपछि मन्त्री बन्ने अवसर पाएका खतिवडाका लागि अब भने संसद्को ढोका पाँच वर्षका लागि बन्द भएको छ ।
त्यस्तै, कोरोनाकाल सुरुआतमा एक वर्षभन्दा बढी स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेका एमालेका भानुभक्त ढकाल यसपटक मोरङ क्षेत्र नम्बर ३ बाट पराजित भएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिल शर्मा उनीभन्दा झन्डै दोब्बर मतले विजयी हुँदा ढकालको संसद् छिर्ने यात्रा पाँच वर्षका लागि टुंगिएको छ ।

शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.