• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जांँजरकोटमा रगतका लागि सुरक्षा निकायकै भर

  •  मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित

जाजरकोट ।यही मङ्सिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो । उहाँको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन । यसपछि रु १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो ।

उपचारलगत्तै छोरीको जन्म दिएकी उनीलाइ तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए । जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाउनुभयो । त्यस्तै डोल्पामा अस्पतालमा गत शनिबार रुकुमपश्चिम आठबीसकोट नगरपालिका–४ की कमला विकको पाठेघरभन्दा बाहिर नलीमा नवजात शिशु बसेका कारण समस्या आयो । सो समस्या आएपछि उनी डोल्पा अस्पताल पुगेकी थिइन् । उक्त जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी शल्यक्रिया जिल्ला अस्पतालमै भयो ।

सो शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो । यी त प्रतिनिधिमूलक घटनामात्र हुन् ।

जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक सातभन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैँले रगत दिएर ज्यान बचाउने गरेको डोल्पा अस्पतालमा डा अखण्ड उपाध्यायले बताउनुभयो । यातायातको सहज पहुँच नभएको डोल्पामा सबैभन्दा बढी समस्या आउने गरेको छ । जाजरकोट सदरमुकाममा समेत रगत व्यवस्थापन नहुञ्जेलसम्म दैनिक रगतकै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

यस वर्षमात्र जाजरकोटमा १४ जनाको रगतकै समस्या समाधान भएको छ । छिमेकी जिल्ला रुकुमपश्चिममा समेत यही समस्या छ । कर्णालीका पहाडी जिल्लामा रगतको समस्या पर्नासाथ प्रहरी, सेना, स्वास्थ्यकर्मी र स्थानीयवासी नै खोज्नुपरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कहिलेकाहीँ रगतै नपाउँदा बिरामीका आफन्त रुने, कराउनेसम्म गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीसमेत आँखाबाट आँसु झार्नुपरेको घेरै घटना देखापरेको जाजरकोट अस्पतालमा कार्यरत स्टाफ नर्स नेप्लिजा पुनले बताउनुभयो ।

डोल्पा अस्पतालका डा उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा मात्र डोल्पा अस्पतालमा कम्तीमा १० जनालाई रगत दिइएको छ । सबैभन्दा बढी हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा लैजाने सुत्केरीको सङ्ख्या डोल्पाकै रहेको छ । दुर्गम ठाउँमा सुत्केरी हुने अधिकांशको ज्यान रगत अभावकै जाने गरेको छ । घरमै असुरक्षितरूपमा सुत्केरी हुने र अत्यधिक समस्या परेपछि मात्र अस्पताल आउने अधिकांश सुत्केरी, घाइतेको ज्यान रगत अभावकै कारण जाने गरेको छ । पर्याप्त उपकरणका साथै स्रोत, साधन नभएका कारण दुर्गममा उपचार गर्न मुस्किल हुने र विश्वास गुमाउने गरेका छन् । रासस

मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.