• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

एचआईभी एड्स सङ्क्रमित मध्ये ९८ प्रतिशतको सङ्क्रमण नसर्ने अबस्थामा

  •  आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित

चितवन। जिल्लामा रहेका एचआईभी एड्स सङ्क्रमित मध्ये ९८ प्रतिशतको सङ्क्रमण नसर्ने अबस्थामा पुगेको छ । ३५ औं विश्व एड्स दिवसको अवसरमा एड्स हेल्थ केयर फाउण्डेसन चितवनले सार्वजनिक गरेको तथ्याङ्मा सो कुरा जनाईएको हो ।

कार्यालयका बरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाका अनुसार एन्टि रेक्ट्रो भाइरल थेरापि –एआरटि) औषधिको सेवनले भाईरलको संख्या नसर्ने अबस्थामा पुगेको हो । एक हजार कपी भन्दा कम भाईरसको संख्या भएका बिरामीहरुबाट एचआईभी एड्स नसर्ने उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा १ हजार १०८ जना सक्रिय एचाईभी एड्स सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये ४४ जना बालबालिका रहेका छन् । सन २०२२ को हाल सम्म जिल्लामा २७ जना नयाँ एचआईभी एड्स सङ्क्रमित भेटिएको उहाँल बताउनुभयो । यस वर्ष ११६ जना सङ्क्रमितले एन्टि रेक्ट्रो भाइरल थेरापी (एआरटि) औषधि सुरु गरेका छन् ।

जिल्लामा रहेका सङ्क्रमित महिला मध्ये ३९ जना महिलाको पाठेघरको क्यान्सर परिक्षण गरिएको छ । सङ्क्रमित मध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराईएको छ । पछिल्लो समय एचआईभी एड्स सङ्क्रमितहरुलाई यौन रोगको समस्या देखा पर्न थालेको छ । २१४ जना सङ्क्रमितको परिक्षणका क्रममा १५ जनामा यौन रोग भेटिएको उहाँले बताउनुभयो । एचआईभी परिक्षण एबं उपचारका लागि समानता हुन आबश्यक रहेको भन्दै उहाँले गृहिणीहरु एचआईभी एड्सको परिक्षणका लागि आउन नसकेको बताउनुभयो ।
सन् २०२२ मा एचआईभि सङ्क्रमित मध्ये ११ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ९ जनाले औषधि खान छोडेका छन् ।

नियमित औषधि सेवन गरेमा अन्य व्यक्तिको जस्तै आयु र जीवन जिउन सकिन्छः चिकित्सक
नियमित रुपमा औषधि सेवन गरेमा एचआईभी संङ्क्रमित व्यक्ति पनि सामान्य व्यक्ति जस्तै आयु र जीवन जीउन सक्ने चिकित्सकहरुको भनाई छ । एएचएफ नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एआरटि सेन्टरका स्रोत व्यक्ति बरिष्ठ फिजिसियन, डा. प्रमोद पौडेलले औषधि भने नियमित सेवन गर्नै पर्ने बताउनु भयो । उहाँले नियमित औषधि खायो भने यसले भाईरसलाई न्यूनिकरण (दमन) गर्ने बताउँदै भन्नुभयो “नियमित औषधि खाने व्यक्ति र सामान्य मान्छेको आयु बराबर हुन्छ ।”

ह्युमन ईम्युनोडेफिसियन्सी भाईरस (एचआईभी) भनेको एउटा भाईरसको संक्रमणबाट हुने रोग हो । यो आरएनए भाईरस हो । उहाँले भन्नुभयो “यसमा रिभर्स ट्रान्सक्रिप्टेस भन्ने इन्जाईम हुन्छ, जसले आरएनएलाई डिएनएमा परिवर्तन गर्न सक्छ ।” यो भाईरस मानिसको शरीरभित्र पसिसकेपछि सेलभित्र छिरेर डिएनएमा बसेर आफैले रिप्लिकेट गर्ने उहाँको भनाई छ । यसलाई रेक्टो भाईरस भनिन्छ ।
दश जना बालबालिकालाई खाध्यान्न सहयोग

एड्स दिवसको अबसरमा जिल्लामा रहेका १० जना सङ्क्रमित बालबालिकालाई पौष्टिक आहार बांँडिएको छ । एक कार्यक्रमको आयोजना गरी आहार र पोषण बांँडिएको हो । सापकोटाका अनुसार खाध्यान्न अभावले समस्या भएकालाई सामाग्री बांँडिएको हो । यस्तै चित्रकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्ेत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.