• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट

  •  सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित

काभ्रे । काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथमसमेत भएको छ । “सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी जिल्लास्तरीय कार्यदिशासहित अघि बढ्दा जिल्लामा स्वास्थ्य सेवाको अवस्था सुधारोन्मुख बन्दै गएको छ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भन्नुभयो । उहाँका अनुसार ‘नवीनतम प्रयासको गुणस्तर, प्रणालीगत व्यवस्था र दिगोपनाको सम्भावना’ मूल नाराका साथ कार्यालयले सुरु गरेको अभियानले सार्थकता पाउँदै गएको हो ।

कार्यालयद्वारा बिगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षाअनुसार जिल्लामा एक हजार नौ सय ६१ स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध गराइएको छ । तेह्र स्थानीय तहमा २६ एम्बुलेन्स सञ्चालनमा रहेको तथा यी एम्बुलेन्समार्फत गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क सेवा सुरु गरिएको छ । साथै, केही स्थानीय तहले ज्येष्ठ नागरिक तथा अशक्त तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छन् ।

कार्यालय प्रमुख डा सेढाईंका अनुसार जिल्लाका एक सय ३५ वडामध्ये तेमाल गाउँपालिकाको चार र खानीखोला गाउँपालिकाको दुई वटा वडाबाहेक सबैमा स्वास्थ्य संस्था रहेका छन् । एक सय सात स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा निरन्तरता दिइरहेका छन् भने २३ संस्थाका भवन बन्दै छन् ।

यस्तै सुत्केरी आमाको निधन तथा शिशुको निधन हुने क्रम शून्यतातर्फ उन्मुख भएको छ । जिल्लामा ४४ बर्थिङ सेन्टर छन् । अस्पताल तथा बर्थिङ सेन्टरमा सुत्केरी गराउने क्रम शतप्रतिशत हुन थालेको सेढार्इंले बताउनुभयो । अस्थायी साधन प्रयोग गर्नेहरुको संख्या पनि घटिरहेको छ ।

एक हजार बालबालिकालाई एक हजार एक सय पटक झडापखाला भएको छ । “जिल्लामा झाडापखाला समस्याका रुपमा रहेको पाइयो, कोरोना महामारीपछि हात धुने बानी परिवर्तन भए पनि यसलाई निरन्तरता नदिँदा दोहोरिएका घटना छन्”, कार्यालय प्रमुख डा सेडाईंले भन्नुभयो तर, जिल्लामा श्वासप्रश्वास, ग्याँस्ट्रिक, टाउको दुख्ने, आत्महत्या, चोटपटक, टन्सिललगायतका १० प्रकारका गम्भीर समस्या देखिएको छ । सेढाईंका अनुसार रेविज, डेँगी, सुगर, प्रेसर, मुटुको रोग तथा हृदयघातको समस्या बढिरहेको छ ।

नमोबुद्ध नगरपालिकास्थित मेथिन्कोट प्रादेशिक अस्पतालमा निःशुल्क मुटु रोगको उपचार सुरु गरिएको छ । उक्त अस्पतालमा मुटु रोगको उपचार सुरु गरी शल्यक्रियाका लाग काठमाडौँस्थित गङ्गालाल अस्पतालमा पठाउने गरिएको सेढाईंले बताउनुभयो । “हृदयघात भएका बिरामीलाई गङ्गालाल अस्पतालले तत्काल अवस्था हेरेर निःशुल्क शल्यक्रिया गरिदिने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो । मेथिनकोट अस्पताल ५० शय्या पु¥याएलगत्तै आकस्मिक सेवा तथा विभिन्न विशेषज्ञ सेवाकासाथै आफैँ अक्सिजन उत्पादन गरेर बिक्रीसमेत सुरु गरिएको छ ।

एक वर्षको अवधिमा काभ्रेमा डेङ्गुबाट पाँच सय ५७ जना सङ्क्रमित भएमध्ये केहीको उपचारका क्रममा निधन भयो । सर्नेसँगै नसर्ने रोगको प्रकोप केही मात्रामा फैलिएको सेढाईंले बताउनुभयो । धुलिखेल नगरमा स्वस्थ सहर कार्यक्रम, सुत्केरी आमा ः पोषिलो खाना, दाँत, आँखा र मानसिक स्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनायो ।

कार्यालयको जिल्लास्तरीय कार्यदिशा तयार गरी प्रमाणमा आधारित कार्यक्रम गर्न आधारभुत तथ्याङ्क र यथासम्भव अन्य अनुसन्धानका गतिविधि गर्ने, समतामूलक स्वास्थ्य सेवा समुदायमा प्रदान गर्ने, दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको व्यवस्था र तालिमको व्यवस्थापन गर्ने, कार्यसम्पादन सम्झौता गरी कार्य गर्ने, स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, प्रेषण प्रणालीको सुदृढीकरण गर्ने योजना छ ।

यस्तै सरकारले सुरुआत गरेको पूर्ण खोप सुनिश्चितता, पूर्ण पोषणयुक्त वडा घोषणा तथा सुनिश्चितता, परिवार नियोजनका साधनको उपलब्धता, घरमा हुने प्रसुति मुक्त वडा–पालिका र क्षयरोग मुक्त वडा–पालिका घोषणा गर्न प्राथमिकता दिँदै कार्य गर्नुपर्ने, कुपोषित तथा कडा श्वासप्रश्वासमा समस्या भएका बालबालिकाको परीक्षणको लागि अस्पतालमा प्रेषण गर्ने, निजी स्वास्थ्य संस्थासँग सहकार्य, समन्वय, सम्बन्ध विस्तार गरी सेवाको पहँुच र उपभोग बढाइ तथ्याङ्कको एकीकृत अभिलेख राख्ने, टेलि–मेडिसिन÷मातृ तथा नवशिशु हेल्पलाई सेवा विस्तार गरिने योजना बनाएको जनाइयो । रासस

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.