• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

खोटाङमा एकीकृत घुम्ती शिविर प्रभावकारी

  •  सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् ।

नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो ।

शिविरमा उपचारका लागि आएका जटिल किसिमका बिरामीलाई विभिन्न प्रकारका औषधि निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ । पाथेकाका स्थानीय बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा वडा नं ११ खार्मीका सेवाग्राहीले समेत सेवा लिएका छन् ।

नगरपालिकाले वडामै एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि दुई वडाका सेवाग्राही लाभान्वित भएका छन् । अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले एकीकृत घुम्ती शिविरमार्फत आफ्नै गाउँ÷ठाउँमा सहजरुपले आवश्यक सेवा लिन पाएपछि लाभान्वित भएका हुन् ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै गाउँ÷ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले पाथेकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “सङ्घीयताको मर्म भनेकै सिंह दरबारको अधिकार गाउँगाउँमा पु¥याएर नागरिकलाई सेवा उपलब्ध गराउने हो”, उहाँले भन्नुभयो, “नगरका सबै नागरिकलाई सहजरुपमा उनीहरुकै गाउँ÷ठाउँमा सेवा उपलब्ध गराउन हरेक वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

पाथेकास्थित वडा कार्यालयको प्राङ्गणमा आइतबार आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा नगरप्रमुख भट्टराई, पाथेकाका वडाध्यक्ष मुगाधन राई, कार्यपालिका सदस्य अञ्जना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, स्वास्थ्य शाखा प्रमुख मोहन राउत, महिला तथा बालबालिका शाखा प्रमुख इरन राई, स्वास्थ्यकर्मी तथा विभिन्न शाखाका कर्मचारी सहभागी थिए । एकीकृत घुम्ती शिविर लगेर पाथेका पुगेका जनप्रतिनिधि तथा कर्मचारीलाई पाथेकाका स्थानीय बासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।

यसैबीच, सरस्वती मावि पाथेकामा बाल क्लब र किशोरी समूहसमेत गठन गरिएको छ । नगरपालिकाको पहलमा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले निर्दोष पुरीको अध्यक्षतामा २५ सदस्यीय बाल क्लब तथा सजिना सार्कीको अध्यक्षतामा २५ सदस्यीय किशोरी समूह गठन गरिएको हो ।

नवगठित बाल क्लब र शिकोरी समूहमा आबद्ध किशोर÷किशोरीलाई नगरपालिकाको महिला तथा बालबालिका शाखाले बाल विवाह न्यूनीकरणसम्बन्धी तीनदिने सचेतनामूलक तालिमसमेत दिएको छ । तालिमको सहजीकरण शाखा प्रमुख राई र महिला सहायक निर्देशक निर्मला आचार्यले गर्नुभएको थियो ।

तालिममा बाल विवाह न्यूनीकरण गर्ने उपाय, बाल विवाह गर्दा हुने कानुनी सजाय, बाल विवाहले पर्ने सामाजिक, आर्थिक, शैक्षिक तथा पारिवारिक असर, किशोरावस्थामा हुने परिवर्तन, संवेग तथा यसले पार्ने प्रभावलगायतका विषयमा जानकारी दिइएको शाखा प्रमुख राईले बताउनुभयो । “बाल विवाहको घटना नगरमा मात्र नभई जिल्लामै दिनानुदिन भइरहेको छ”, उहाँले भन्नुभयो, “बाल विवाहका घटनालाई रोक्न हरेक गाउँ÷टोलमा सचेतना फैलाउन आवश्यक ठानेर तालिमको व्यवस्था गरिएको हो ।”

दश स्थानीय तह रहेको जिल्लामा अधिकांश सम्बन्धबिच्छेदका घटना बाल विवाहका कारण हुने गरेको एक तथ्याङ्कले देखाएको छ । कम उमेरमा विवाह गर्ने अनि समस्या सिर्जना भएपछि समाधान गर्नसक्ने क्षमता नहुँदा अधिकांश जोडीले सम्बन्धबिच्छेद गर्ने गरेको पाइएको शाखा प्रमुख राईले बताउनुभएको छ । रासस

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.