• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सिएमसी अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया शुरु

  •  सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित

बागमती श्रेष्ठ , चितवन । नवजात शिशुका शल्यक्रियाको लागि काठमाडौंँ लैजानुपर्ने बाध्यता हटेको छ । चितवन मेडिकल कलेजले बाल्य शल्यक्रिया सम्बन्धी सबै सेवा सुरु गरेपछि चितवनका बिरामीलाई काठमाडौँ लैजानुपर्ने बाध्यता हटेको हो । आज अस्पतालमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिईएको हो ।

अस्पतालमा हाल बालबालिकामा प्राय देखिरहेको हर्निया, हाइड्रोसिल, एपेन्डीसाइटिस जस्ता समस्याहरुको दैनिक शल्यक्रिया भइरहेको छ । पेटमा आन्द्रा खप्टेको अवस्थामा समयमै अस्पताल आएको खण्डमा विना अप्रेशन पानीको माध्यमबाट आन्द्रा खुलाई उपचार गराउन सकिने सेवा समेत अस्पतालले दिदै आइरहेको छ ।

हालसम्म यस्तो सेवा ३१ जना बालबालिकाहरुले लिइसकेको अस्पतालका बाल शल्य चिकित्सक डाक्टर प्रकृति गिरीले जानकारी दिइन् । नेपालमा दक्ष बाल शल्य चिकित्सकको संख्या निकै न्यूनमा रहेको छ । यो विज्ञ सेवा काठमाडौँका केही अस्पतालमा मात्र उपलब्ध छ । उपत्यका बाहिर नियमित रुपमा चितवन मेडिकल कलेजले मात्रै यो सेवा दिइरहेको छ । हाल चितवनसंगै मकवानपुर, नवलपरासी, नवलपुर, गोरखा, लमजुङ, तनहुँ, रुपन्देही, सुनसरी, बारा, पर्सा, धनुषालगायत जिल्लाबाट बिरामीहरु उपचारका लागि चितवन मेडिकल कलेजमा आउने गरेका उनले जानकारी दिंँदै । हाल डा.गिरीको नेतृत्वमा बाल शल्यक्रियाका सबै सेवा प्रदान गरिदै आइएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमबीबीएस पास गरेर भारतको विश्वविख्यात जिपमेर अर्थात जवाहरलाल इन्स्टिच्युट पोन्डीचेरीमा गोल्डमेडल प्राप्त गरेकी डा।गिरीले भारतकै मौलाना आजाद मेडिकलबाट थप ३ वर्ष बाल शल्यक्रियामा खटिएकी थिइन् । काठमाडौंको कान्ती बाल अस्पतालमा केही समय सेवा गर्दागर्दै डा।गिरी चितवन मेडिकल कलेजमा आएकी हुन् । चितवन मेडिकल कलेजमा पछिल्लो १० महिनामा १ हजार २० जना बिरामीले ओपीडीबाट सेवा लिइसकेका छन् ।

हालसम्म १५ जना नवजात शिशु, १ वर्षमुनीका ३५ जना, १ देखि १४ वर्षमुनीका २५५ जना बिरामीको डा।गिरीको टिमले सफलतापूर्वक सर्जरी गरिसकेको छ । डा।गिरीको टिममा डा।प्रवेश ज्ञवाली, डा।विराज पराजुलीलगायत छन् । बालबालिकाहरुको शल्यक्रिया पश्चात सुविधासम्पन्न एनआइसीयू र पीआइसीयू सेवा पनि रहेको छ । यी सबै सेवा चितवन मेडिकल कलेजमा रहेको निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए ।

अस्पतालले निकट भविष्यमै अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी चितवनमा नै बाल शल्यक्रियाको एक प्रतिष्ठित सेन्टर बनाउने लक्ष्य लिएको छ । जन्मेदेखि १४ वर्षसम्मका नवजात शिशु तथा बालबालिकाहरुको अनेकौं प्रकारका समस्या देखा पर्न सक्छन् । बाल शल्यचिकित्सकले बालबालिकाको साना–साना अंग, तन्तु, नसाहरु बारेमा दक्षता, ज्ञान, तालिम हासिल गरेका हुन्छन् । बालबालिकाको शल्यक्रिया सानो भन्ने हुँदैन । जति सानो बच्चा भयो त्यति धेरै जटिल शल्यक्रिया हुन्छ ।

सोही अवस्थालाई मध्येनजर गर्दै चितवन मेडिकल कलेजमा दक्ष चिकित्सक मार्फत यो सेवा सुरु गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए ।

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.