रत्ननगर । एकता शिशु निकेतनको आयोजना, चितवन मुटु अस्पताल प्रालि भरतपुर, लायन्स क्लब अफ चितवन मुटु र नेपाल मुटुरोग निवारण केन्द्र चितवन शाखाको सहकार्यमा एकदिने मुटुरोग परीक्षण शिविर सम्पन्न भएको छ ।
रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेलको प्रमुख आतिथ्यता एवं चितवन मुटु अस्पताल प्रालिका प्रबन्ध निर्देशक प्रभात शर्मा र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको विशिष्ट आतिथ्यता रहेको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष एकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी कृष्णप्रसाद घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिविरमा विद्यालयमा अध्ययनरत ११ सय विद्यार्थी र ४० जना शिक्षक कर्मचारीको मुटु परीक्षण गरिएको थियो भने ५२ जना विद्यार्थीको मुटुको इको परीक्षण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य बालहरि देवकोटाले प्रमुख अतिथि एवं विशष्टि अतिथिहरुलाई सम्मानपत्र र मायाको चिनोसहित धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सन्तोष अधिकारीले गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
