• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

दमक अस्पतालमा एकीकृत उपचार कक्ष

  •  सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

दमक ।नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृृत उपचार कक्षको शुभारम्भ गरिएको छ ।

फेयर मेड नामक गैरसरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा सो कक्ष स्थापना गरिएको हो । सरकारले उन्मूलन भएको घोषणा गरिएका छाला सम्बन्धिका ती रोग पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पछिल्लो समय बढिरहेको तथ्याङ्क सार्वजनिक भएपछि विश्व स्वास्थ्य सङ्गठनको समेत ध्यान त्यसतर्फ केन्द्रित भएकाले ती रोगको उपचारमा ध्यान गएको हो ।

दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सो सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताउनुभयो । उहाँले दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टीका टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउन आवश्यक छ भन्नुभयो ।

अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णताः दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीको व्यवस्थापन काममा लागेको पनि उहाँले जनाउनुभयो । कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाइँले रोग लागेपछि उपचार गर्नु आवश्यक भए पनि रोग लाग्नै नदिने उपायको अवलम्बन गरिनु आवश्यक रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका अधिकृत नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीह हस्तान्तरण गर्नुभयो । उहाँले त्यस अवसरमा नगरपालिका र दमक अस्पतालले फेयर मेडसंगको सहकार्यलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा अझ उपलब्धिमूलक र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य ख्यामकुमारी परियार, शारदा भट्टराई, दमक १ का वडाध्यक्ष हरि न्यौपाने, वडा नं ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल, ९ का वडाध्यक्ष कुवेर भट्टराई, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा प्रकाश शर्मा, नमस्ते पब्लिक हस्पिटलका मेसु डा बेदनिधि खतिवडा, निम्स नेशनल हस्पिटलका मेसु डा नवीन सिंहलगायत स्वास्थ्य सरोकारवाला सहभागिता रहेको थियो । रासस

सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.