• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

अपाङ्गतामैत्री विपद् नीतिको आवश्यकता

  •  सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

काठमाडौँ ।विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा आज काठमाडौँमा भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिता’ विषयक अन्तरक्रियाका वक्ताहरूले विपद्बाट सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित हुने भन्दै उनीहरूको सुरक्षाका लागि पनि प्रभावकारी कार्यक्रम बनाउनुपर्नेमा वक्ताको जोड थियो ।

उक्त कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिका समवेशीकरण तथा सहभागिताका लागि प्राधिकरणका तर्फबाट मानक निर्देशिकाहरू तयार गरी त्यसलाई स्थानीयकरण गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिका लागि पानी तथा सरसफाइमा पहुँचयोग्य अवस्थाका बारेमा आर्किटेक्ट दीपक केसीले विश्वका विभिन्न देशका उदाहरणसहित प्रस्तुतीकरण गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको दैनिक जनजीवन सहज बनाउन मात्र नभएर आत्मसम्मानका लागि पनि पहुँचयोग्य संरचनाको आवश्यकता पर्ने बताउनुभयो । केसी स्वयम् अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।

प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले प्राधिकरणबाट भएका कार्यहरू, निर्माण भएका तथा भइरहेका कार्यविधि एवं निर्देशिका तथा अन्य नीतिगत व्यवस्थाबारे जानकारी दिनुभएको थियो ।

राष्ट्रिय अपाङ्ग महासङ्घका सचिव सिर्जना केसीले बहुअपाङ्गतालाई पनि ध्यानमा राखेर भवनसंहिता तथा सहयोगी सामग्रीको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद्बारेको सूचना नै अपाङ्गता भएका व्यक्तिसम्म नपुगेको भन्दै यसतर्फ प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमका सहभागीहरूले धेरै प्रकारका अपाङ्गता हुने र उनीहरूका समस्या र आवश्यकता पनि फरकफरक हुने भएकाले सबैलाई एउटै बास्केटमा हालेर नहेर्न पनि आग्रह गर्नुभएको थियो । उहाँहरूले विपद्पछि स्थापना गरिने आश्रयस्थलहरू अपाङ्गतामैत्री नहुने र राहतमा उनीहरूको पहुँच पुग्न नसकेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभएको थियो । विपद्का सूचना दिने उपकरणहरू अपाङ्गतामैत्री बनाउन पनि उहाँहरूले आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोष, राष्ट्रिय अपाङ्ग महासङ्घलगायत विभिन्न अपाङ्गतासँग सम्बद्ध सङ्घसंस्थाहरू एवं अपाङ्गता क्षेत्रमा काम गरिरहेका विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो । रासस

सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.