• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कैलालीमा परिवार नियोजन गर्ने महिलाको सङ्ख्या बढी

  •  बुधबार, पुष ०६, २०७९ मा प्रकाशित

टीकापुर । कैलालीमा परिवार नियोजन गर्ने महिलाको सङ्ख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय कैलालीले गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको तथ्याङ्क हेर्दा परिवार नियोजन गर्ने पुरुष भन्दा महिलाको सङ्ख्या बढी देखिएको हो ।
कैलालीका नौ स्थानमा सम्पन्न भएको स्थायी बन्ध्याकरण शिविरमा एक सय ६२ जनाले बन्ध्याकरण सेवा लिएका छन् । तीमध्ये एक सय ४९ महिलाले मिनील्याप गरेका छन् भने १३ जनामात्र पुरुषले भ्यासेक्टोमी गरेका छन् ।

गत वर्ष आयोजना भएको शिविरमा दुई सय ३८ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका थिए । जसमा १९ जनामात्र पुरुषले भ्यासेक्टोमी सेवा लिएका थिए । स्वास्थ्य कार्यालय कैलालीले सञ्चालन गरेको शिविरमा सेवा लिन पुरुष न्यून मात्रामा आएका स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले बताउनुभयो । “हामीले महिलाले भन्दा पुरुषले बन्ध्याकरण गर्न सहज हुन्छ भनेर जति सिकाए पनि बन्ध्याकरण शिविरमा पुरुष सहभागिता बढाउन सकिएको छैन”, उहाँ भन्नुभयो, “सेवा लिन आएकालाई पनि तपाईँभन्दा तपाईँको श्रीमान्लाई बन्ध्याकरण गर्न लगाउनुस् भन्छौँ तर महिलाहरू नै तयार हुनुहुन्न ।”

बन्ध्याकरण गरेमा शारीरिकरूपमा कमजोर भइन्छ, पुरुषले धन कमाउनुपर्छ वा कडा परिश्रम गर्नुपर्ने भएकाले पुरुषहरू बन्ध्याकरण गर्न तयार नभएको चापागाईँ बताउनुहुन्छ । “स्वास्थ्य कार्यालयले भ्यासेक्टोमी गर्दा शरीरलाई हानी गर्दैन, जुनसुकै काम गर्न सकिन्छ भनी सचेतना फैलाउने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “तर समाज र परिवार जति सम्झाए पनि मान्न तयार छैनन् ।”

टीकापुर अस्पतालले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म एक हजार दुई सय ३६ महिलाले अस्थायी साधन प्रयोग गरेका छन् । गत वर्ष आठ सय १६ महिलाले अस्थायी साधन प्रयोग गरेका थिए । महिलाले जन्मान्तरका लागि अस्थायी साधन प्रयोग गरिरहेका बताएका छन् ।

टीकापुरकी रत्ना चौधरीका बर्सेनि तीन सन्तान जन्मिए । पहिलो बच्चा जन्मिएपछि रत्नाले अर्को बच्चा तुरुन्त जन्माउन चाहनुभएको थिएन तर उहाँको श्रीमान्को दवावथेग्न नसक्दा लगातार तीन सन्तान जन्माउनु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “तेस्रो बच्चा जन्माउँदा अस्पतालमै मिनील्याप गरेर आए । नत्र अहिले फेरि बच्चा जन्माउनुपर्ने थियो ।”

रत्नालाइ प्रजनन अधिकार महिलाको पनि हुन्छ भन्ने जानकारी भए पनि कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । “बच्चा जन्माउने, नजन्माउने महिलाको अधिकार हुने रहेछ । अचेल अस्पतालमा सेवा लिन गएपछि स्वास्थ्यकर्मीबाट थाहा पाएँ”, उहाँ भन्नुहुन्छ ।

कैलालीकै विना रिमालले पनि आफ्नो इच्छा विपरीत तीन सन्तान जन्माउनु परेको बताउनुहुन्छ । उहाँले पहिलो बच्चा १६ वर्षको, दोस्रो बच्चा नौ वर्ष भइसकेपछि पुनः अर्को बच्चा जन्माउनुभयो । “यसअघिका बच्चाबीच जन्मान्तर राख्न पनि मैले अस्थायी साधन प्रयोग गरेकी थिए । लामो समयसम्म अस्थायी साधन प्रयोगले स्वास्थ्यमा विभिन्न परिवर्तन आएपछि मैले छोडे”, उहाँ भन्नुहुन्छ, “श्रीमान्लाई पटक–पटक बन्ध्याकरण गर्नुस् भन्दा मान्नुभएन, बरु अर्को बच्चा जन्माउने योजना सुनाउन थाल्नुभयो ।”

जिल्लाको तथ्याङ्क हेर्दा स्थायी र अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने सङ्ख्यामा महिला नै बढी छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०७९÷८० मा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या ५३ हजार पाँच सय ९८ रहेको छ । गत वर्ष २०७८÷७९ मा ४३ हजार सात सय ९८ रहेको थियो ।

टीकापुर अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक कल्पना खड्का महिलाले अस्थायी साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न खाले असर देखिने गरेको बताउनुहुन्छ । “पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ तर पुरुषहरू महिलालाई नै अगाडि सार्छन्”, खड्काले भन्नुभयो, “परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने विभिन्न स्वास्थ्य समस्या भएका महिला घर फर्कन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउंँदैनन् ।” रासस

बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.