• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ५७ मिनेट 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • ३ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • ५ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २४ घण्टा 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • २ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

  •  आइतबार, पुष १०, २०७९ मा प्रकाशित

तुलसीपुर । दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्युपछि उहाँ बिरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार ग¥यो । आश्रमले उद्धार गरेर उपचारपछि अहिले उहाँ मानसिकरूपमा स्वस्थ हुँदै जानुभएको छ । “म घर छाडेर हिँडिरहेको अवस्थामा उहाँहरूले देखेर ल्याउनुभएछ, ल्याएको पनि मैले थाहा पाइनँ”, उहाँले भन्नुभयो, “अहिले म सबै थाहा पाउने भएकी छु ।”

त्यस्तै तुलसीपुर–१२ जसपुर निवासी जयसरा भण्डारी पनि भौँतारिएर हिँडिरहनुभएको थियो । त्यही क्रममा आश्रमले उद्धार गरेर अहिले एक वर्षदेखि आश्रय दिइरहेको छ । यस्तै थुपै्र मानसिक रोगी, साहाराविहीन, सुस्त मनस्थिति भएकालाई उद्धार गरेर उपचार तथा पालनपोषण गर्दै आएको छ ।

संस्थाका शाखा प्रमुख सिर्जना अधिकारीका अनुसार यसरी बेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनःमिलन गराउने कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेस्म्म २० भन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको बताउनुभयो । “हामीले ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उहाँले भन्नुभयो, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०–२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनःमिलनपछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उहाँको भनाइ छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेको प्रमुख अधिकारीले बताउनुभयो । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उहाँले बताउनुभयो । उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगी दातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख अधिकारीको भनाइ छ । अहिले तुलसीपुर शाखामा दुई जना केयरगिभर, एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् । त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई नर्स सहयोग गरेको छ । आश्रमको १६ जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् । रासस

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
भेरी अस्पतालमा शवगृह विस्तार गरिने

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.