• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ५७ मिनेट 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • ३ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • ५ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २४ घण्टा 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • २ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्यसम्बन्धी निर्देशिका सार्वजनिक

  •  सोमबार, पुष ११, २०७९ मा प्रकाशित

काठमाडौँ ।पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले सेवा प्राप्त गर्न दर्ता शुल्क, सेवा शुल्क, निदानात्मक, उपचारात्मक वा अन्य कुनै शुल्क तिर्न नपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ सार्वजनिक गरिएको अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९ को अपाङ्गतामैत्री सेवा सञ्चालनसम्बन्धी प्रक्रियाअन्तर्गत निःशुल्क सेवामा पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएका व्यक्तिले सेवा प्राप्त गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको हो ।

निर्देशिका सार्वजनिकीकरण कार्यक्रममा मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले निर्देशिकाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले दिएको अधिकार सुनिश्चित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ऐनले दिएको अधिकार सुनिश्चित होस् भनेर निर्देशिका ल्याएका हौँ । आगामी वर्षमा सातै प्रदेशका प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व कार्यक्रम हेर्ने सबैलाई संवेदनशील बनाउने कार्यक्रम गर्दैछौँ ।”

परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाकी प्रमुख कविता अर्यालले निर्देशिका ल्याउनुभन्दा कार्यन्वयन गर्नु ठूलो चुनौती भएको बताउनुभयो । “निर्देशिका ल्याउनु राम्रो सुरुआत हो । यसको कार्यान्वयन गर्न हामीलाई ठूलो चुनौती छ । यद्यपि यसलाई कार्यान्वयन गर्नेमा सबै पक्षको साझेदारी हुन्छ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

निर्देशिकामा पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य संस्था र स्थानीय तहले घरैमा वा समुदायमा गई सेवा दिनुपर्ने व्यवस्था गरिएको छ । प्राकृतिक वा गैरप्राकृतिक विपद्का बखत उनीहरूलाई विपद्स्थलमै गई सेवा दिने व्यवस्था गनुपर्नेछ । यी सेवा दिन नसक्ने अवस्था भएमा सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म ल्याउने र लैजाने उपयुक्त व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । तीनै तहका सरकारले सम्भव भएसम्म अपाङ्गता भएका व्यक्तिलाई प्रयोग गर्न पहुँचयोग्य हुने प्रजनन स्वास्थ्य सेवासम्बन्धी औषधि, उपकरण तथा सामग्री खरिद गर्नुपर्ने व्यवस्था छ । प्रत्येक स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा अपाङ्गमैत्री हुनुपर्ने र गर्भवतीलाई प्रसूति प्रोत्साहन र प्रसूति पोषणबापत उपलब्ध गराएको रकममा निश्चित रकम थप गर्नुपर्ने उल्लेख गरिएको छ ।

निर्देशिकाको परिच्छेद दुईमा अपाङ्गतामैत्री सेवा सञ्चालनसम्बन्धी प्रक्रियाअन्तर्गत सेवा सञ्चालन, सम्मानपूर्वक सेवा प्रदान गर्नुपर्ने, गोपनीयतासम्बन्धी व्यवस्था, प्राथमिकता दिनुपर्ने, निःशुल्क सेवा, थप सुविधा, सहायता कक्ष र सहयोगीको व्यवस्था, पहुँचयुक्त संरचना, पहुँचयुक्त स्वास्थ्य शिक्षा, सूचना सञ्चार सामग्री, पहुँचयुक्त डिजिटल सामग्री वा वेबसाइट, पहुँचयुक्त स्वास्थ्य सामग्री खरिद, पाठ्यक्रममा समावेश, नीति निर्माण र योजना तर्जुमा प्रक्रियामा सहभागिता र बजेट व्यवस्थापनसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । निर्देशिका यसअघि असोज २३ गते स्वीकृत भएको थियो । रासस

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
भेरी अस्पतालमा शवगृह विस्तार गरिने

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.