• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गर्भ निरोधका अस्थायी तथा स्थायी ७ प्रकारका साधन नेपाल सरकारबाट निःशुल्क

  •  मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

पाँचथर । नेपालमा गर्भ निरोधका अस्थायी तथा स्थायी ७ प्रकारका साधन नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएको छ । गर्भ निरोधका साधनले महिलाको प्रजनन् स्वास्थ्यलाई सुरक्षित ,स्वास्थ्य ,असुरक्षित गर्भपतन ,अनिच्छुक गर्भधारण ,सन्तानको सङ्ख्या निर्धारण गर्न तथा जन्मान्तर लगायत महिलाको प्रजनन स्वास्थ्यमाथिको स्वनिर्णयको अधिकार समेत सुरक्षित गर्दछ ।

पाँचथर जिल्लाका सबै स्वास्थ्य संस्थामा कम्तीमा पाँच प्रकारका गर्भ निरोधका साधनहरू उपलब्ध छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गर्भ निरोधका साधन मध्ये तीन महिने सुइँ (डिपो) सबैभन्दा बढी प्रयोग भएको देखिन्छ ।

जिल्लामा आर्थिक बर्ष २०७८/७९ मा ३ हजार ८३ जना नयाँ प्रयोगकर्ताले डि.पो प्रयोग गरेका छन् । चालु आर्थिक वर्षमा १ हजार १ सय ८८ जना तीन महिने सुइँ (डिपो) प्रयोग गर्ने नयाँ प्रयोगकर्ता छन् ।

जिल्ला अस्पताल पाँचथरमा गर्भ निरोधका अस्थायी साधनहरू तीन महिने इन्जेक्सन (डि.पो) ,पिल्स , कण्डम, आइ.यु.सि.डि र इम्प्लान्ट छन् भने स्थायीमा मिनिल्याप, भेसेक्टोमी उपलब्ध छन् । अस्पतालमा ७ प्रकारकै गर्भ निरोधका अस्थायी तथा स्थायी साधन उपलब्ध भएको , स्थायी साधन उपलब्ध गराउन तालिम प्राप्त जनशक्ति समेत रहेको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । पछिल्लो समय डि.पोसँगै इम्प्लान्ट प्रयोगकर्ता बढ्दै गएको जोशीले बताउनु भयो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक वर्षमा ९ सय ५ जना नयाँ प्रयोगकर्ताले इम्प्लान्ट प्रयोग गरेको देखिन्छ ।

परिवार नियोजन सेवाको राष्ट्रिय कार्यनीति २०६८ को परिमार्जन नभई प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विशेष ऐन सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी ऐन २०७५ तथा नियमावली २०७७ जारी छ । सो ऐनको दफा ३ मा प्रजनन स्वास्थ्य सम्बन्धी १० वटा अधिकारको सुनिश्चित गरेको छ । ऐनको दफा १० देखि १२ सम्ममा परिवार नियोजन सेवा प्राप्त गर्ने अधिकार ,बलपूर्वक गर्भ निरोधका साधन प्रयोग गराउन नहुने र बलपूर्वक परिवार नियोजन गरेको पाइएमा कसुर गर्ने गराउनेलाई तीन महिना देखि ६ महिना सम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको पाइन्छ ।

गर्भ निरोधका साधनहरू माथिको पहुँच तथा सेवा सबै क्षेत्रका महिलाहरूले विना भेदभाव समान तथा सम्मानजनक रुपमा उपभोग गर्न पाउने अधिकार नै महिलाको मौलिक मानव अधिकार हो । प्रजनन स्वास्थ्य महिलाको स्वास्थ्यसँग मात्र जोडिएको विषय नभई स्वास्थ्य नागरिक र स्वास्थ्य देशसँग जोडिएको विषय हो ।

मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.