• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

  •  आइतबार, पुष २४, २०७९ मा प्रकाशित

मिक्लाजुङ ।पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुसी भएका हुन् ।

भर्खरै मात्र ५० शय्याको भवन निर्माण सम्पन्न भएको सो अस्पतालमा अहिले जेनरल सर्जरी डा प्रान्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा देउमान लिम्बू, एनेस्थेसियोलिष्ट एण्ड क्रिटिकल केयर डा गणेश वनलाई विशेषज्ञ चिकित्सकका रुपमा अस्पतालले नियुक्ति दिएको हो ।

अब नयाँ विशेषज्ञ चिकित्सक आएपछि अस्पतालबाट हाडजोर्नी तथा नशारोग ओपिडी सेवा, हाडजोर्नी रोगसम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओपिडी सेवा, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया सेवा उपलब्ध गराउन थालिएको पाँचथर अस्पताल विकास समितिका अध्यक्ष रामराज आङदेम्बेले बताउनुभयो ।

पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अहिले अस्पतालमा चार विशेषज्ञ चिकित्सक रहेका छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति आफैँले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नशारोग विशेषज्ञ राखिएको छ । यस्तै छात्रवृत्तिमा रहेका दुई चिकित्सकलाई अस्पतालले थप सुविधा दिएर राखेको छ ।

अहिले अस्पतालमा जेनेरल सर्जन, एनेस्थेसियोलिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन् । अपस्ताल प्रमुख भने एमडीजिप हुन् । पचास शय्याको अस्पतालको भवन भए पनि अझै १५ शय्याकै मात्र दरबन्दी रहेको छ । यस्तै अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुनसकेको छैन ।

स्रोत र जनशक्ति भएमा आइसीयू , इन्डोस्कोपी, ल्याबकोली , फिजियोथेरापी सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अहिले जिल्ला अस्पतालबाट निःशुल्क नवजात शिशुरोग, निःशुल्क प्रसूति, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, एकद्धार लैङ्गिक संकट व्यवस्थापन, निःशुल्क सुक्षित गर्भपतनलगायतका सेवाहरू सञ्चालन भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट सोमनाथ दङ्गालले बताउनुभयो ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम आठराई गाउँपालिकाको केन्द्रका रूपमा रहेको पाँचथर अस्पतालबाट यी सेवा नहुँदा यस क्षेत्रका नागरिक तराईका सुविधासम्पन्न अस्पतालमा जान बाध्य थिए । रासस

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.