• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

  •  मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो ।

इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको उहाँले बताउनुभयो ।

अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।

डा ठाकुरका अनुसार टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि ल्याइएको छ । यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र रहेको ट्युमरलाई भित्रै सेकाएर नष्ट गर्न सकिन्छ । यस्तै एसबिआरटी (स्टेरियो टेक्टिक बडि रेडिएसन थेरापी) सेवा पनि सुरु गरिएको छ । यसले शल्यक्रियाबिना शरीरका अङ्गमा रहेको क्यान्सरका ट्युमरलाई नष्ट गर्दछ । उहाँका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो उपयोगी हुन्छ । यसैगरी शल्यक्रिया गर्नै नमिल्ने गरी फैलिएको क्यान्सरको उपचारमा पनि यो प्रविधि सहज हुने उहाँको भनाइ छ ।

ब्राकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने गर्दछ ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक छन् । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक उपकरण ल्याइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले भित्र्याएका उपकरण क्यान्सर उपचारमा पछिल्लो समय विकास भएका आधुनिक उपकरण हुन्, जुन नेपालमा अझै भित्रिएका छैनन् ।” कतिपय भारतमा समेत नभएको उपकरण भित्र्याइएको देवकोटाको भनाइ छ ।

सरकारी क्यान्सर अस्पतालमा रेडिएसनसहितको उपचारका लागि महिनौँ पालो कुर्नुपर्ने भए पनि सरकारी मूल्यमै आफूहरुले आजको भोलि सेवा दिन सुरु गरेको देवकोटाले बताउनुभयो । क्यान्सर उपचारका लागि सहयोगी हुने अन्य उपचार सेवा र उपकरण मेडिकल कलेजमा भएकाले उपचारमा सहज भएको देवकोटा बताउनुहुन्छ । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, ए ग्रेडको प्रयोगशाला रहेका छन् । यो मेडिकल कलेज देशभरका धेरै बिरामी उपचार गर्नेमध्येमा पर्दछ ।

जिल्लामा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि बिरामी आउने गर्दछन् । यहाँ उच्च चापका कारण पालो कुर्नुपर्ने र बाहिर जानुपर्ने बिरामीलाई यहीँ सेवा दिन सकिने देवकोटाको भनाइ छ । रासस

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.