• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल

  •  शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित

भक्तपुर । भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ ।

बुधबार मोरङ जिल्लाकी ५० वर्षीया महिलालाई उहाँकै ५७ वर्षका श्रीमानले मिर्गौला दान दिएपछि १ हजार पुगेको हो ।

स्थापनाको १० वर्ष अवधिमा अस्पतालका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलीले उल्लेख्य सफलता हासिल गरी वर्षेनी करिब २ सय जनाको हाराहारीमा मिर्गौला प्रत्यारोपण गदै आएको र हिजोसम्म १ हजार जनाको सफल मिर्गौला प्रत्यारोपण भएको अस्पतालले जनाएको छ ।

डा श्रेष्ठका अनुसार भक्तपुर अस्पतालको लागि निर्माण भएको जम्मा १ सय बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको तथा स्थानको चरम अभावका बाबजुद पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण गरिएको थियो ।

केन्द्रमा एकै दिन ४ जना जीवित व्यक्तिको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट मिर्गौला र कलेजो प्रत्यारोपण गर्नुका साथै १० वर्षको अवधिमा १ हजार जनामा ९९ प्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण भएको छ ।

यो ऐतिहासिक सफलता प्राप्त गर्न प्रत्यारोपण केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरूको अथक प्रयासका साथै पत्रकार, राजनीतिज्ञ, कलाकार, समाजसेवी सबैको उल्लेखनीय योगदान रहेको उहाँले बताउनुभयो ।

प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको ७ प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने र भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई ५ सय शय्या विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पुर्‍याउने योजना केन्द्रको रहेको छ ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण सेवा शुरु भैसकेको र निकट भविष्यमा कर्णाली प्रदेश अन्तर्गत सुर्खेत अस्पतालमा केही हप्तामा नै मिर्गौला प्रत्यारोपण गर्ने योजना छ । क्रमशः सुदूरपश्चिम प्रदेश अन्तगत सेती प्रादेशिक अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताल र भरतपुर अस्पतालमा प्रत्यारोपण सेवा शुरु गर्नको लागि प्रक्रिया अगाडी बढी सकेको डा.श्रेष्ठले बताउनु भयो ।

नेपालमा वर्षेनी करिब ३ हजार जनाको मिर्गौला फेल हुने गरेको र उनीहरू मध्ये धेरैको अङ्ग प्रत्यारोपण नभएर अकालमा मृत्यु हुने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउनुहुन्छ । प्रत्येक १० जना मध्ये १ जनलाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने अनुमान छ ।

विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको अवस्थामा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउन पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

मस्तिष्क मृत्युपश्चात् अङ्ग दान तथा र ती अङ्गबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था भएता पनि हालसम्म नगन्य सङ्ख्यामा मात्र उक्त कार्य भएको र समयमै मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा ६ वर्षको अवधिमा जम्मा ४ जना अङ्गदाताबाट प्राप्त ८ वटा मिर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको केन्द्रले जनाएको छ ।

शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.