• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सेवा विस्तार गर्दै पाँचथर अस्पताल

  •  मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

पाँचथर ।जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ । जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सक थप गर्दै अस्पतालले नयाँ सेवा विस्तार गरेको जनाएको छ । थपिएका सेवामा हाडजोर्नी तथा नशाको रोगको बहिरङ्ग (ओपिडी) तथा शल्यक्रिया, जनरल सर्जरी बहिरंग , जनरल सर्जरीसम्बन्धी शल्यक्रिया र एनेस्थेसिया (शल्यक्रिया गर्दा विरामी बेहोस् बनाउने) छन् ।

पचास शय्या सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भएपछि अस्पतालले आन्तरिक स्रोतबाट नयाँ चिकित्सक भर्ना गरेर सेवा विस्तार गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार आन्तरिक स्रोतबाट चिकित्सकहरू नियुक्त गरी नयाँ सेवा विस्तार गरिएको हो । अस्पतालले गत महिनाबाट विशेषज्ञ चिकित्सक जनरल सर्जरीतर्फ डा प्राञ्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोगतर्फ डा देउमान लिम्बू र एनेस्थेसियोलोजिस्ट डा गणेश वनलाई नियुक्त गरेको जिसस प्रमुखआङ्देम्बेले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले हाल आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसूति सेवा, अन्तरङ्ग सेवा, दन्त रोग सेवा, मातृ शिशु र खोप सेवा, सरुवा कीटजन्य तथा महामारी रोग सेवा, क्याबिन सेवा, आँखाको बहिरङ्ग सेवा र एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यस्तै कार्यक्रम सेवाका रूपमा यस अस्पतालले निःशुल्क नवजात शिशु सेवा, निःशुल्क प्रसूति सेवा, स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा सेवा, लैङ्गिक सङ्कट व्यवस्थापन एकद्वार सेवा र निःशुल्क गर्भपतन सेवा सञ्चालन गरिरहेको छ । यस्तै बाल रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनलाई निरन्तरता दिने प्रयास भइरहेको जिससप्रमुख आङ्देम्बेले बताउनुभयो ।

थप भएका सेवाबाट साना गाँठागुठी फाल्ने, बोसो जमेको फाल्ने, गहिरो चोटपटक लागेका घाउहरूको उपचार गर्ने, पोलेको घाउहरूको उपचार, हाइड्रोसिल, मलद्वारका रोगहरू, हर्निया, एपेन्डिक्सको शल्यक्रिया, आन्द्रासम्बन्धी समस्याको शल्यक्रिया र उपचार, पित्तथैलीको शल्यक्रिया, मासु पलाएको, अण्डकोषको शल्यक्रिया, छाला टाल्नेलगायत स–साना शल्यक्रियाका सेवा सञ्चालन गर्न सकिने अस्पतालका चिकित्सक डा प्राञ्जलचन्द्र पौडेलले जानकारी दिनुभयो । निकट भविष्यमा इन्डोस्कोपी सेवा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

यस्तै हाडजोर्नी तथा नशा रोगको सेवातर्फ हड्डी भाँचिएको, हड्डी टुटेको फुटेको, स्टिल राख्ने, झिक्नेसहित धेरै सेवा प्रवाह गर्न सकिने हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा देउमान लिम्बूले बताउनुभयो । विशेषतः पूर्वी पहाडमा हाडजोर्नीको समस्याका धेरै बिरामी हुने भए पनि उपचारका लागि तराईका जिल्लामा पुग्नुपर्ने र ठूलो धनराशि खर्च हुने अवस्था अन्त्य गर्न रोक्ने आफूहरूको प्रयास हुने बताउनुभयो । “सकेसम्म जिल्ला अस्पतालमा देखाएर मात्रै अन्यत्र जान बिरामीलाई सुझाव दिन्छौँ”, डा लिम्बूले भन्नुभयो ।

पूर्वी पहाडका पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका बिरामीले समेत सेवा लिने गरेको पाँचथर अस्पतालले १५ शय्या सञ्चालनको अनुमति पाए पनि हाल ३५ शय्यामा सेवा दिइरहेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत दुई वर्षअघि नै यस अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने घोषणा गरेको थियो भने गत वर्ष ५० शय्या सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।

यद्यपि प्रदेशले गरेको घोषणा कार्यान्वयन भने हुन सकिरहेको छैन । शय्या विस्तारका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै पूरा भइनसकेको जिसस प्रमुख आङ्देम्बेको भनाइ छ । “बजेटसहित प्रदेश सरकारबाट योजना अघि बढाइएमात्रै शय्या विस्तारको काम सम्पन्न हुनसक्छ”, उहाँले भन्नुभयो । रासस

मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.