• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका

  •  शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग पर्नुभयो । भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी हुनुभयो ।

पैतीस हप्ता छ दिन पुगेको गर्भ पहिलोपटक भिडियो एक्सरेमार्फत् जाँच गराउनुभएकी घर्तीलाई घरआँगनमै यसरी सेवा पाउँला भन्ने लागेको थिएन रे । घरदैलोमै सेवा दिने सरकारको कार्यक्रमले असाध्यै सजिलो बनाएको उहाँले बताउनुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिका-२ की जोगनसरा विकले पनि आफ्नो पहिलो गर्भजाँच गाउँमै आएको चिकित्सकको टोलीसँग गराउनुभयो । “भिडियो एक्सरे गरेर गर्भजाँच गर्न पाएँ”, विकले भन्नुभयो, “कुन-कुन बेला के गर्ने के नगर्ने भनेर पनि सिक्न पाएँ ।” नियमित गर्भ जाँच, खानेकुराको व्यवस्थालगायतका कुरा गाउँमा आएको स्वास्थ्य टोलीले सिकाएको उहाँले जनाउनुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँ–गाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा, डा मिलन मल्ल, स्वास्थ्य शाखा प्रमुख समिर गिरीसहितको टोली गर्भवती महिलाको जाँच गर्दै गाउँ–गाउँमा पुगेको हो ।

गाउँपालिका उपाध्यक्ष बुढाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम समावेश गरेर बजेटसमेत विनियोजन गरेको बताउनुभयो । दुर्गम गाउँमा नजिकमा स्वास्थ्य संस्था नहुने, गर्भजाँच झनै न्यून मात्रामा हुने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो । जनताको नजिकको सरकार हुनुको नाताले उहाँहरूको स्वास्थ्यसँगै अन्य सवालमा साक्षात्कार गर्न पनि यस कार्यक्रमले टेवा पु¥याइरहेको उहाँको भनाइ छ ।

“कतिपयलाई नियमित गर्भजाँचबारे थाहा नै छैन, भिडियो जाँच सेवा त झन् परको कुरा भयो”, उपाध्यक्ष बुढाले भन्नुभयो, “गर्भवती दिदी–बहिनी, आमाहरू खोजेर स्वास्थ्य जाँच गर्दै जाँदा कार्यक्रम एकदमै प्रभावकारी भइरहेको छ ।” स्वास्थ्य सुविधा अभावमा गर्भजाँच गर्न नपाएर आमा र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर यस्तो कार्यक्रम गरिएको हो । गाउँपालिकाले चालु आवमा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमका लागि रु १० लाख विनियोजन गरेको छ ।

गाउँसभाले पास गरेको सहिद स्मृति कार्यक्रमअन्तर्गतको उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रमका लागि नीति, कार्यविधि र निर्देशिका बनाएर, कर्मचारी व्यवस्थापन गरेपछि करिब दुई महिना पहिला यो कार्यक्रम गाउँ–गाउँमा सञ्चालन भएको हो । गर्भवतीसँग उपाध्यक्ष कार्यक्रममार्फत् गाउँ पुग्नुभएका डा मल्लले अधिकांश गर्भवती महिलाले गर्भजाँच नै गराएर घरमै सुत्केरी हुने गरेको पाइएको बताउनुभयो । करिब ४० प्रतिशत गर्भवतीले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

डा मल्लले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीको भिडियो एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिएको जानकारी दिनुभयो । “केहीको अवस्था सामान्य नै छ”, डा मल्लले भन्नुभयो, “बच्चा उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकाले सुत्केरी हुने बेलामा सुविधासम्पन्न अस्पतालमा जान परामर्श दिएका छौँ ।” गर्भावस्थामा पु¥याउनुपर्ने ध्यान, खानपान, हेरविचारलगायतका कुरा सिकाएर आवश्यकतानुसार केही औषधि पनि गर्भवतीलाई दिइएको छ ।

यसै कार्यक्रमबाट एक सय ५० महिलाको निःशुल्क स्वास्थ्य बीमासमेत गरिएको डा मल्लले बताउनुभयो । स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य संस्थामा आउनेको सङ्ख्यामा वृद्धि हुने विश्वास उहाँले गर्नुभयो ।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्मेमा निःशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ । गर्भजाँच गराएको वर्ष र स्वास्थ्य संस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच जना सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । यस कार्यले स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने देखिएको छ ।

यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैङ्गिक हिंसा, यौन हिंसामा परेकाहरूका लागि चेलीसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुने गरी हटलाइन नम्बर सेवा सञ्चालन भएको छ भने थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाइएको छ । रासस

शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.