• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका

  •  शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग पर्नुभयो । भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी हुनुभयो ।

पैतीस हप्ता छ दिन पुगेको गर्भ पहिलोपटक भिडियो एक्सरेमार्फत् जाँच गराउनुभएकी घर्तीलाई घरआँगनमै यसरी सेवा पाउँला भन्ने लागेको थिएन रे । घरदैलोमै सेवा दिने सरकारको कार्यक्रमले असाध्यै सजिलो बनाएको उहाँले बताउनुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिका-२ की जोगनसरा विकले पनि आफ्नो पहिलो गर्भजाँच गाउँमै आएको चिकित्सकको टोलीसँग गराउनुभयो । “भिडियो एक्सरे गरेर गर्भजाँच गर्न पाएँ”, विकले भन्नुभयो, “कुन-कुन बेला के गर्ने के नगर्ने भनेर पनि सिक्न पाएँ ।” नियमित गर्भ जाँच, खानेकुराको व्यवस्थालगायतका कुरा गाउँमा आएको स्वास्थ्य टोलीले सिकाएको उहाँले जनाउनुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँ–गाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा, डा मिलन मल्ल, स्वास्थ्य शाखा प्रमुख समिर गिरीसहितको टोली गर्भवती महिलाको जाँच गर्दै गाउँ–गाउँमा पुगेको हो ।

गाउँपालिका उपाध्यक्ष बुढाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम समावेश गरेर बजेटसमेत विनियोजन गरेको बताउनुभयो । दुर्गम गाउँमा नजिकमा स्वास्थ्य संस्था नहुने, गर्भजाँच झनै न्यून मात्रामा हुने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो । जनताको नजिकको सरकार हुनुको नाताले उहाँहरूको स्वास्थ्यसँगै अन्य सवालमा साक्षात्कार गर्न पनि यस कार्यक्रमले टेवा पु¥याइरहेको उहाँको भनाइ छ ।

“कतिपयलाई नियमित गर्भजाँचबारे थाहा नै छैन, भिडियो जाँच सेवा त झन् परको कुरा भयो”, उपाध्यक्ष बुढाले भन्नुभयो, “गर्भवती दिदी–बहिनी, आमाहरू खोजेर स्वास्थ्य जाँच गर्दै जाँदा कार्यक्रम एकदमै प्रभावकारी भइरहेको छ ।” स्वास्थ्य सुविधा अभावमा गर्भजाँच गर्न नपाएर आमा र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर यस्तो कार्यक्रम गरिएको हो । गाउँपालिकाले चालु आवमा गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमका लागि रु १० लाख विनियोजन गरेको छ ।

गाउँसभाले पास गरेको सहिद स्मृति कार्यक्रमअन्तर्गतको उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रमका लागि नीति, कार्यविधि र निर्देशिका बनाएर, कर्मचारी व्यवस्थापन गरेपछि करिब दुई महिना पहिला यो कार्यक्रम गाउँ–गाउँमा सञ्चालन भएको हो । गर्भवतीसँग उपाध्यक्ष कार्यक्रममार्फत् गाउँ पुग्नुभएका डा मल्लले अधिकांश गर्भवती महिलाले गर्भजाँच नै गराएर घरमै सुत्केरी हुने गरेको पाइएको बताउनुभयो । करिब ४० प्रतिशत गर्भवतीले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

डा मल्लले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीको भिडियो एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिएको जानकारी दिनुभयो । “केहीको अवस्था सामान्य नै छ”, डा मल्लले भन्नुभयो, “बच्चा उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकाले सुत्केरी हुने बेलामा सुविधासम्पन्न अस्पतालमा जान परामर्श दिएका छौँ ।” गर्भावस्थामा पु¥याउनुपर्ने ध्यान, खानपान, हेरविचारलगायतका कुरा सिकाएर आवश्यकतानुसार केही औषधि पनि गर्भवतीलाई दिइएको छ ।

यसै कार्यक्रमबाट एक सय ५० महिलाको निःशुल्क स्वास्थ्य बीमासमेत गरिएको डा मल्लले बताउनुभयो । स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य संस्थामा आउनेको सङ्ख्यामा वृद्धि हुने विश्वास उहाँले गर्नुभयो ।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्मेमा निःशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ । गर्भजाँच गराएको वर्ष र स्वास्थ्य संस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच जना सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । यस कार्यले स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने देखिएको छ ।

यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैङ्गिक हिंसा, यौन हिंसामा परेकाहरूका लागि चेलीसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुने गरी हटलाइन नम्बर सेवा सञ्चालन भएको छ भने थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाइएको छ । रासस

शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.