• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ३ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ६ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ९ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ९ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउंँछौं : स्वास्थ्य मन्त्री गिरी

  •  शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताउनुभएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता साथ सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित ‘प्रत्यारोपितहरुको बृहत् भेला’ लाई सम्बोधन गर्दै उहाँले मुलुकका विपन्न नागरिकले अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अहिलेको अवस्थालाई मध्यनजर गरी सरकारले सेवा दिने बताउनुभयो ।

उहाँले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट वञ्चित हुनु नपर्ने अवस्थाका लागि सरकारले प्रयास गर्ने बताउनुभयो । मन्त्री गिरीले केन्द्रले उच्चस्तरीय सुलभ चिकित्सा सेवा प्रदान गर्नाका साथै विपन्न र असहायलाई मिर्गौला, कलेजो र मुटु रोगीलाई प्रत्यारोपणदेखि डाइलासिससम्मको सेवा उपलब्ध गराउँदै आएकामा प्रशंसा गर्नुभयो ।

मन्त्री गिरीले मानव अङ्ग प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले महत्वपूर्ण सेवा दिँदै आएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा सांसद राजेन्द्र पाण्डले प्रत्यारोपण केन्द्रलाई विस्तार गरेर सर्वसुलभ रुपमा अङ्ग प्रत्यारोपण गर्न वातावरण बनाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले सात प्रदेशबाट मिर्गौला प्रत्यारोपण गर्ने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले १५–१५ दिनमा केन्द्रबाट नै प्रदेशमा जनशक्ति गएर मिर्गौला प्रत्यारोपण गरिने बताउनुभयो । उहाँले एकजना मस्तिष्क मृत्युवरणले आठजनालाई अङ्गदान गर्न सकिने भन्दै अङ्गदान गर्न जनचेतना जगाउनुपर्ने समेत बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले १० वर्षमा एक हजारमा गरिएको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरिएको बताउनुभयो । उहाँले वार्षिक तीन हजार जनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि केन्द्रको क्षमताले दुई सय जनालाई मात्र गर्न सकिने भन्दै क्षमता विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले सय शय्यामा सञ्चालनमा रहेको केन्द्रलाई पाँच सय शय्याको क्षमता विस्तार गरी सेवालाई थप बढाउन आवश्यक रहेको बताउनुभयो ।

केन्द्रको सहयोगमा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ भने सुर्खेत, सेती प्रादेशिक अस्तपाल धनगढी, हेटाैँडा अस्पतालमा मिर्गाैला प्रत्यारोपण सुरु गर्ने तयारी गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रले २०६९ माघ ६ गतेखि मिर्गौला प्रत्यारोपण र २०६९ कात्तिकबाट मिर्गाैलाको डाइलाइसिस सेवा सुरु गरेको हो । रासस

शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.