चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) आज भरतपुरमा हुंँदैछ । भरतपुरको ग्लोबल होटलमा हुने हेल्थ अवार्डबाट चिकित्सक,स्वास्थ्यकर्मी तथा पत्रकार सम्मानित हुदैछन ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको गौरवमय सातौं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागिएको नेटवर्ककका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । संस्थाको बार्षिकोत्सवमा विभिन्न क्षेत्र र विधाबाट स्वास्थ्य क्षेत्रमा सेवा र योगदान दिने व्यत्तित्वहरुलाई अवार्ड दिने गरिएको छ ।
यस्ता सम्मानले यस क्षेत्रमा काम गर्ने सबै व्यत्तित्वहरुको उर्जा र मनोबल बढ्ने भएकाले नियमित रुपमा संस्थाले सम्मान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांँग्रेसका नेता तथा सांसद डाक्टर शशांक कोइराला ,अन्य अतिथिहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतको सहभागिता हुनेछ ।
विगतका बर्षहरुमा जस्तै काठमाडौं हुने बार्षिक अवार्ड कार्यक्रमलाई निरन्ततरता दिदै प्रदेश तहमा पनि छुटै अवार्ड कार्यक्रम गर्न लागिएको हो । यसभन्दा अघि पोखरामा भएको पहिलो अवार्ड कार्यक्रममा लुम्बिनी तथा गण्डकी दुई प्रदेशलाई संमावेश गरिएको थियो । आगामी दिनमा बाँकी प्रदेशमा पनि यसै गरी निरन्तरता दिंँदै जाने श्रेष्ठले बताए ।

