• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट स्वास्थ्यकर्मी र पत्रकार सम्मानित

  •  शनिबार, माघ १४, २०७९ मा प्रकाशित

चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सम्मानित भएका छन । आज भरतपुरमा भएको हेल्थ अवार्डबाट उनीहरुलाई सम्मानित गरिएको हो ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको नेटवर्ककका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । संस्थाको बार्षिकोत्सवमा पत्रकारिता एवं स्वास्थ्य क्षेत्रमा सेवा र योगदान दिने व्यत्तित्वहरुलाई प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले सम्मानपत्रसहित उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रको उल्लेखनीय विकास भएको बताए । ‘चाहे स्वास्थ्यकर्मीको उत्पादन होस या प्रविधिको प्रयोगमा होस उल्लेखनीय प्रगति भएको छ, उनले भने, स्वास्थ्यको गुणस्तरीयतालेनै मानिसको मृत्युदर घटेको छ भने आयुदर पनि बढेको छ ।’ स्वास्थ्यकर्मीहरु आर्थिक आर्जन भन्दा सेवामा केन्द्रित हुन उनले आग्रह गरे। ‘तपाईहरु ठूलो होइन असल हुन प्रेरित हुनुस । प्रयत्न गर्नुुुस, उनले भन,े तपाईहरुको मुल्यांकन राज्यले गर्छ । समाजले गर्नेछ ।’ पछिल्लो समय विषयगत पत्रकारिताको विकास हुदै गएको बताउंँदै उनले स्वास्थ्य दर्पणले देशभरका स्वास्थ्य सेवामा लागेका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा प्रसंशा गरे ।

पत्रकार महासंघका अध्यक्ष पोख्रेलले पछिल्लो समय पत्रकारमाथि आक्रमण बढ्दै गएको बताए । उनले पत्रकारिता क्षेत्र चुनौति पेशा भएको भन्दै स्वास्थ्यपत्रकारिता थप चुनौति र संवेदनशील विषय पत्रकारिता भएको बताए । स्वस्थ समाज निर्माण गर्न स्वस्थ पत्रकारिता गर्नुपर्ने भन्दै पोख्रेलले यस्ता सम्मानले स्वास्थ्यकर्मी र पत्रकारितालाई उर्जा मिल्ने बताए । ‘यो सम्मानले तपाईहरुलाई आफ्नो काममा प्रेरित गर्ने अवसर दिएको छ उनले भने, राज्यले तपाईहरु सबैलाई सम्मान दिन नसेकपनि निजी मिडियाको यो कार्य प्रशंसनीय छ । ’

गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले पत्रकार नबोल्नेहरुको आवाज र नदेख्नेहरुको आंँखा बन्नुपर्नेमा जोड दिए । संचार क्षेत्र चुनौतिका वीचपनि अघि बढेको भन्दै उनले पत्रकार अनुसन्धान र खोज पत्रकारितामा लाग्नुपर्ने बताए ।

कार्यक्रममा वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नेपालले स्वास्थ्य र पत्रकारिता क्षेत्रमा फड्को मारेको र यसलाई गुणस्तरीयतामा लैजानुपर्नेमा जोड दिएका थिए । स्वस्थ जीवन ,स्वस्थ समाज बाट नै स्वस्थ नेपालको निर्माण हुने उनीहरुको भनाई थियो ।
पत्रकार सुरेश श्रेष्ठले अन्य विषयगत पत्रकारिता जस्तै स्वास्थ्य क्षेत्रको पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए । हरेक जिल्लामा विषयगत पत्रकारिताको व्यवसायिकता आवश्यक हुने श्रेष्ठको भनाई थियो ।

नेटवर्ककका सल्लाहकार डा भोजराज अधिकारीले मोफसलमा स्वास्थ्य पत्रकारिता गर्न चुनौति रहेको भन्दै नेटवर्कले विगत लामोसमयसम्म यस क्षेत्रलाई उजागर गर्न सफल भएको बताए ।
नेटवर्कका अध्यक्ष श्रेष्ठले पछिल्लो समय पत्रकारिता क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बताए ।
मिडीया हाउसले समाचार मात्र सम्प्रेषण नगरी यस क्षेत्रमा उदाहरणीय काम गरेका व्यक्तित्वहरुलाई उर्जा र प्रोत्साहन दिन सम्मान गर्दै आएको उनले बताए ।

यस्ता सम्मानले यस क्षेत्रमा काम गर्ने सबै व्यत्तित्वहरुको उर्जा र मनोबल बढ्ने भएकाले नियमित रुपमा संस्थाले सम्मान गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियन का निर्वतमा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

शनिबार, माघ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.