• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट स्वास्थ्यकर्मी र पत्रकार सम्मानित

  •  शनिबार, माघ १४, २०७९ मा प्रकाशित

चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सम्मानित भएका छन । आज भरतपुरमा भएको हेल्थ अवार्डबाट उनीहरुलाई सम्मानित गरिएको हो ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको नेटवर्ककका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । संस्थाको बार्षिकोत्सवमा पत्रकारिता एवं स्वास्थ्य क्षेत्रमा सेवा र योगदान दिने व्यत्तित्वहरुलाई प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले सम्मानपत्रसहित उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रको उल्लेखनीय विकास भएको बताए । ‘चाहे स्वास्थ्यकर्मीको उत्पादन होस या प्रविधिको प्रयोगमा होस उल्लेखनीय प्रगति भएको छ, उनले भने, स्वास्थ्यको गुणस्तरीयतालेनै मानिसको मृत्युदर घटेको छ भने आयुदर पनि बढेको छ ।’ स्वास्थ्यकर्मीहरु आर्थिक आर्जन भन्दा सेवामा केन्द्रित हुन उनले आग्रह गरे। ‘तपाईहरु ठूलो होइन असल हुन प्रेरित हुनुस । प्रयत्न गर्नुुुस, उनले भन,े तपाईहरुको मुल्यांकन राज्यले गर्छ । समाजले गर्नेछ ।’ पछिल्लो समय विषयगत पत्रकारिताको विकास हुदै गएको बताउंँदै उनले स्वास्थ्य दर्पणले देशभरका स्वास्थ्य सेवामा लागेका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा प्रसंशा गरे ।

पत्रकार महासंघका अध्यक्ष पोख्रेलले पछिल्लो समय पत्रकारमाथि आक्रमण बढ्दै गएको बताए । उनले पत्रकारिता क्षेत्र चुनौति पेशा भएको भन्दै स्वास्थ्यपत्रकारिता थप चुनौति र संवेदनशील विषय पत्रकारिता भएको बताए । स्वस्थ समाज निर्माण गर्न स्वस्थ पत्रकारिता गर्नुपर्ने भन्दै पोख्रेलले यस्ता सम्मानले स्वास्थ्यकर्मी र पत्रकारितालाई उर्जा मिल्ने बताए । ‘यो सम्मानले तपाईहरुलाई आफ्नो काममा प्रेरित गर्ने अवसर दिएको छ उनले भने, राज्यले तपाईहरु सबैलाई सम्मान दिन नसेकपनि निजी मिडियाको यो कार्य प्रशंसनीय छ । ’

गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले पत्रकार नबोल्नेहरुको आवाज र नदेख्नेहरुको आंँखा बन्नुपर्नेमा जोड दिए । संचार क्षेत्र चुनौतिका वीचपनि अघि बढेको भन्दै उनले पत्रकार अनुसन्धान र खोज पत्रकारितामा लाग्नुपर्ने बताए ।

कार्यक्रममा वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नेपालले स्वास्थ्य र पत्रकारिता क्षेत्रमा फड्को मारेको र यसलाई गुणस्तरीयतामा लैजानुपर्नेमा जोड दिएका थिए । स्वस्थ जीवन ,स्वस्थ समाज बाट नै स्वस्थ नेपालको निर्माण हुने उनीहरुको भनाई थियो ।
पत्रकार सुरेश श्रेष्ठले अन्य विषयगत पत्रकारिता जस्तै स्वास्थ्य क्षेत्रको पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए । हरेक जिल्लामा विषयगत पत्रकारिताको व्यवसायिकता आवश्यक हुने श्रेष्ठको भनाई थियो ।

नेटवर्ककका सल्लाहकार डा भोजराज अधिकारीले मोफसलमा स्वास्थ्य पत्रकारिता गर्न चुनौति रहेको भन्दै नेटवर्कले विगत लामोसमयसम्म यस क्षेत्रलाई उजागर गर्न सफल भएको बताए ।
नेटवर्कका अध्यक्ष श्रेष्ठले पछिल्लो समय पत्रकारिता क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बताए ।
मिडीया हाउसले समाचार मात्र सम्प्रेषण नगरी यस क्षेत्रमा उदाहरणीय काम गरेका व्यक्तित्वहरुलाई उर्जा र प्रोत्साहन दिन सम्मान गर्दै आएको उनले बताए ।

यस्ता सम्मानले यस क्षेत्रमा काम गर्ने सबै व्यत्तित्वहरुको उर्जा र मनोबल बढ्ने भएकाले नियमित रुपमा संस्थाले सम्मान गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियन का निर्वतमा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

शनिबार, माघ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.