चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट स्वास्थ्यकर्मी सागर पोख्रेल सम्मानित हुनु भएको छ । नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा जिम्मेवार तवरले स्वास्थ्यकर्मीको रुपमा पु¥याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दैे पोख्रेललाई सम्मान गरिएको हो ।
शनिबार भरतपुरमा आयोजित स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं बार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतको आतिथ्यतामा सम्मानपत्रसहित पोख्रेललाई सम्मान गरिएको थियो ।
सो अवार्डबाट ११ चिकित्सक ६ स्वास्थ्यकर्मी र ४ जना पत्रकारलाई पनि सम्मानित हुनुभएको थियो ।
सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर, डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियनका निर्वतमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
