• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ६ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ६ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • ७ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ८ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १० घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १३ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • १ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • ९. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड

  •  शनिबार, माघ २१, २०७९ मा प्रकाशित

भक्तपुर ।‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभयो । भक्तपुरलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको हव बनाउँदै विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर, मापदण्ड र नियमन महाशाखाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका सदस्य डा मदनकुमार उपाध्यायले समयमै उपचार भए क्यान्सर निको हुन्छ भन्ने सन्देश गाउँगाउँमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा जटिल बन्दै आएको पाठेघरको मुखको क्यान्सरको उपचार गर्न सरकारले नेपालमा खोपलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, क्यान्सर, हृदयघात, मष्तिस्कघात, फिस्टुला, अल्जाइमरलगायत रोगको निःशुल्क उपचारको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । अस्पतालका चिकित्सक डा रोशन प्रजापतिले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि हरेक जिल्लामा परीक्षण केन्द्र सञ्चालन गर्नुपर्ने, जनचेतना फैलाउनुपर्ने र पाठ्यक्रममा यसबारे सामग्री राख्नुपर्ने बताउनुभयो ।

डा प्रजापतिका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षमा ८४ हजार पाँच सय ७९ बिरामीको परीक्षण गरिएको, तीन हजार पाँच सय ८८ नयाँ बिरामी थपिएका तथा दैनिक ८० देखि एक सय जनासम्म नयाँ बिरामी भर्ना हुने गरेका छन् ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेलले थप उपकरण जडान गरेर सेवा विस्तार गनुपर्ने बताउनुभएको थियो । रासस

शनिबार, माघ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.