• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रामपुर अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

  •  शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित

रामपुर । पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ ।

लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो । ओसिएमसीबाट प्रदान हुने सबै सेवा निःशुल्क रहनेछ ।

ओसिएमसीका लागि अस्पतालमा छुट्टै कार्यकक्ष व्यवस्थापन गरिएको हुँदा लैङ्गिक हिंसामा परेका पीडित जुनसुकै समयमा यहाँ आएर सेवा लिनसक्ने अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा विजय परियार बताउनुहुन्छ ।

आधारभूत सेवा लगभग पूर्ण रहेको र निकट भविष्यमा बहु–विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी अस्पतालले गरिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले हिंसाका घटना बढ्दै गरेको अवस्थामा स्वास्थ्योपचारका लागि अस्पताल आउने पीडितले एकै ठाउँबाट अब कानुनी उपचार, पुनःस्थापनालगायत सेवा पाउने बताउनुभयो ।

“कतिपय पीडित अवस्थामा रहे पनि कानुनी उपचारका लागि न्यायको खोजीमा पुग्दैनन्, भित्रभित्रै हिंसाका सिकार भएर बस्न बाध्य छन्”, उहाँले भन्नुभयो, “अब उनीहरुलाई स्वास्थ्योपचार, कानुनी उपचारदेखि पुनःस्थापनाका कुरा एकै ठाउँबाट सेवा दिनका लागि यो सेवाको सुरुआत गरेका छौँ ।”

अस्पतालको बन्दै गरेको नयाँ भवनमा छुट्टै कक्ष स्थापना गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले अस्पतालको सेवाको क्षेत्र बढाउँदै यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई ढुक्कसँग काम गर्ने वातावरण तयार पार्ने बताउनुभयो । उहाँले पूर्वी पाल्पाको स्वास्थ्य क्षेत्रको धरोहरका रुपमा रहेको यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने बताउनुहुन्छ ।

महिला तथा बालबालिका विभिन्न प्रकारका लैङ्गिक हिंसाबाट प्रभावित हुने गरेका र यसबाट उनीहरुमा शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असर पर्ने गरेको छ । यस्ता समस्याको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत जिल्लास्थित अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका, किशोरी तथा महिलाका लागि विभिन्न सेवा प्रदान गरिँदै आएको छ । हिंसामा परेका व्यक्तिलाई एकद्वार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रबाट हिंसापीडित वा प्रभावितको स्वास्थ्यसम्बन्धी विवरण, सङ्कलन, परीक्षण, उपचार अभिलेखीकरण गर्ने, शारीरिक चोटपटकको उपचार तथा चिकित्साजन्य जाँच गर्ने, कानुनी प्रमाणका लागि विधि विज्ञान तथा चिकित्सासम्बन्धी कानुनी परीक्षण गर्ने÷गराउने, कानुनी परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा उपलब्ध हुनेछन् । यौनजन्य सङ्क्रमणको उपचार गर्ने, एचआइभी जाँच तथा परामर्श सेवा उपलब्ध गराउने, मानसिक स्वास्थ्योपचार तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, हेपाटाइटिस ‘बी’ बाट बचावट गर्ने लगायतका स्वास्थ्यसम्बन्धी सेवाहरु छन् ।

सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने, लैङ्गिक हिंसापीडित वा प्रभावितको पहिचान तथा उपचारका लागि तयार गरिएको क्लिनिकल प्रोटोकलअनुसार सेवा उपलब्ध गराउने, आवश्यकता अनुसारको प्रेषण तथा अन्य सेवा उपलब्ध गराउने, लैङ्गिक हिंसापीडित वा प्रभावितलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, आवश्यकताका आधारमा पीडकलाई समेत मनोसामाजिक विमर्श÷परामर्श सेवा उपलब्ध गराइनेछ ।

सुरक्षा लैङ्गिक हिंसाबाट पीडित वा प्रभावित महिला तथा बालबालिकाका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिन जिल्ला प्रहरी कार्यालयले आवश्यक सुरक्षाको व्यवस्था मिलाउने गरी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, सेवा केन्द्र, पुनःस्थापना केन्द्र र समुदायमा समेत लैङ्गिक हिंसाबाट प्रभावितको सुरक्षा प्रदान गर्ने गरी सो सेवा प्रदान गरिनेछ ।

उनीहरुसँग सम्बन्धित सूचनाको गोपनीयता कायम गर्ने गरी हिंसापीडित वा प्रभावित महिला तथा बालबालिकाका लागि सामुदायिक सेवा केन्द्र एवं सुरक्षित आवासमा बस्ने सेवाका लागि सम्प्रेषण गर्ने, प्रभावितले आवश्यकताअनुसारको सेवा उक्त सामुदायिक सेवा केन्द्र तथा सुरक्षित आवासबाट प्राप्त गर्न सक्दछन् ।

कानुनी परामर्श र उपचार आवश्यकताअनुसार जिल्ला न्यायाधिवक्ता तथा कानुनी सहायता केन्द्र÷कानुनी परामर्शदाताको सहयोगबाट लैङ्गिक हिंसापीडित वा प्रभावितका लागि कानुनी उपचारका लागि आवश्यक सेवा प्रदान गर्ने जनाइएको छ । रासस

शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.