• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ३ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • ३ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ४ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ५ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ७ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • १० घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • १० घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

कृतिम आँखा र निःशुल्क उपचार गर्न सम्झौता

  •  बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा ओपन आइज नेपालले कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गर्ने अस्पताललाई रु ११ लाख सहयोगस्वरुप उपलब्ध गराएको हो । जीवनान्त डायग्नोस्टिक सेन्टरसँग रेटिनोब्लास्टोमा बिरामीको निदान प्रक्रियाको रुपमा इमेजिङ (सीटीस्क्यान र एमआरआई) का लागि सहयोगस्वरुप रु तीन लाख उपलब्ध गराएको छ । ओपन आइज नेपालले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सिड्नी अष्ट्रेलियासँगको सहकार्यमा आगामी चार वर्षसम्म रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस हरेक वर्ष फेब्रअरी १५ मा क्यान्सर पीडित बालबालिका र किशोरकिशोरीको सचेतना र समर्थन गर्न मनाइन्छ । रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो । यो रोग पाँच वर्षमूनिका बालबालिकामा धेरै देखिन्छ । १५ हजार नवजात शिशुमध्य एक जनामा रेटिनोब्लास्टोमा समस्या देखिन्छ ।

यस रोगको समयमा उपचार नभए आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्दछ । यो रोग शरीरको अन्य भागमा पनि फैलिएर मृत्युको जोखिमसमेत हुने चिकित्सक बताउँछन् । ओक्युप्लास्टी र ओकुलर ओन्कोलोजी विभागका प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापितले विकसित देशको तुलनामा यो रोगबाट हुने मृत्युदर नेपालमा धेरै भएको बताउनुभयो । उहाँका अनुसार नेपालमा हरेक वर्ष ५० जनामा रेटिनोब्लास्टोमा हुनेगर्छ । यस रोगका ९९ प्रतिशत बिरामीले समयमा उपचार नपाए मृत्युको जोखिम हुन्छ । समयमा पहिचान नहुने समस्याका कारण नेपालमा यस रोगका बिरामीको मृत्युदर धेरै छ ।

“नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर पाँच प्रतिशतभन्दा कम पाइएको छ । समयमा उपचार गरे रोग निको पार्न सकिन्छ तर यसका लागि सबै उपचार एउटै अस्पतालबाट सम्भव भइरहेको छैन”, डा स्थापितले बताउनुभयो । उपचारका लागि केमोथेरापी, थरमोथेरापी, क्रायोथेरापी, रेडियोथेरापी र शल्यक्रिया आवश्यक हुन्छ । तर एउटै अस्पतालबाट यी सबै उपचार पाउन सम्भव नहुँदा बिरामीलाई सास्ती हुने गरेको उहाँको भनाइ छ ।

रेटिनोब्लास्टोका मुख्य लक्षण आँखाको नानीको कालो भागमा सेतो टीका, असमान्य रातो देखिनु, डेढोपन, आँखा फुलिने, सुन्निे, आकार ठूलो हुँदै जाने र बाहिर आउने हुन् । वंशाणुगत कारण पनि यो रोग बालबालिकामा आउन सक्छ । ओपन आइज नेपालले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई रेटिनोब्लास्टोमाका लागि उपचार सहयोग पु¥याउँदै आएको छ । यस संस्थाले यसअघि १३ जना बिरामीलाई निःशुल्क उपचार र १४ जना बिरामीलाई कृतिम आँखा उपलब्ध गराएको संस्थापक अध्यक्षसमेत रहेकी डा स्थापितले जानकारी दिनुभयो । रासस

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.